काठमाडौं, ५ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा आंशिक मात्रै परेको छ । राजधानी उपत्यका बाहिरका जिल्लाहरूमा भने बन्दको प्रभाव परेको छ । नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ ।बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् । बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरि नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार