रुसको अब्लास्ट क्षेत्रमा इभान सुखोभ आफ्ना तीनजना पत्नीहरुसँग बस्दछन् । ३४ वर्षका इभानको सपना भनेको धेरैभन्दा धेरै पत्नीहरु बनाउने हो । कम्तीमा ५० जना बच्चा जन्माउने उनको चाहना छ । रुसी कानून अनुसार उनकी केवल एक पत्नी छिन् । अन्य दुई चाहिँ आपसी सहमतिमा उनीसँग बस्दै आएका छन् ।

अनौठो लक्ष्य बोकेका सुखोभ आफ्ना पत्नीहरुले गल्ती गर्दा अनौठो सजाय दिन्छन्, जसका बारेमा सुन्दैमा हाँसो उठ्छ ।जुन पत्नीले गल्ती गर्छन् ती पत्नीलाई सजायस्वरुप उनले एक महिनासम्म उनीसँग सम्भोग गर्दैनन् ।सुखोभ ९ जना बालबच्चाका बाउ हुन् । पहिलो पत्नीबाट ६ बच्चा जन्मिएका छन् भने दोस्रीबाट ३ बच्चा । तेस्रीबाट अहिलेसम्म जायजन्म भएको छैन । दोस्री पत्नी हाल फेरि गर्भवती छिन् ।

यो परिवार तीनवटा कोठा भएको फ्ल्याटमा बस्छ । लोग्नेको छुट्टै कोठा छ । हरेक रात उनी एक पत्नीसँग बिताउँछन् । पत्नीहरुलाई एक, दुई र तीन नम्बरको नाम दिएका छन् । तीनमध्ये हरेक रात पालैपालो एकजना लोग्नेको कोठामा गएर रात बिताउँछन् । गल्ती गर्ने पत्नीले एक महिनासम्म लोग्नेसँग सुत्न पाउँदैनन् ।

लोग्नको यस्तो सजायको शैली पत्नीहरुले पचाइसकेका छन् । त्यसैले गल्तीको सजायस्वरुप सहवासबाट बञ्चित हुन नपरोस् भन्नेमा उनीहरु सचेत हुन्छन् ।सुखोभ र उनका तीनैजना पत्नीहरु जागिर गर्दछन् । उनी अझै धेरै पत्नीहरुलाई आफ्नो घरमा भित्राउन तयार छन् । तर, यसका लागि उनको शर्त छ । त्यो के भने उनलाई अग्ली, पातलो जिउ भएकी र आफूलाई माया गर्ने केटी मात्र मन पर्दछ ।- Online khabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार