काठमाडौं । मंगलबार साँझ डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच भएको भेटवार्ता सकारात्मक भएको छ । साँझ ६ बजे शिक्षा मन्त्रालयमा भएको भेटवार्तामा डा. केसीले उठाएको मागबारे छलफल भएपनि अझै सहमति जुट्न सकेको छैन् । केसी र सरकारी वार्ता टोलीले साँझ जारी गरेको विज्ञप्तिमा डा. गोविन्द केसीले उठाएका मध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति हुन नसकेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– भोली बिहान ९ बजे पुनः ती विषयमा छलफल गरेर सहमति जुटाइने निर्णय गरेको छ । विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने विज्ञप्तिमार्फत बताइएको हो । शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् ।यसैगरी, डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार