श्रावण ८, नवलपरासी । मन विनाको धन ठुलोकी धन विनाको मन अहिले निकै चर्चामा रहेको यो गित गित अतिनै प्रिय छ धेरैको मन छोएको छ । तर यहा यस्तो परिस्थिती सृजर्ना भएको छ । जहा मन अनि धन दुवैको खाचो परेको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढिपिडितका प्रेम जैशी अहिले आर्थिक अबस्था कमजोर भएका कारण अस्पतालको शैयामा सहयोगि मन अनि धनको प्रतिक्षामा रहेका छन् । विगत ६ बर्ष देखि ब्लड क्यान्सर संग जुद्धै रोगलाई जितेर बसेका उनलाई केहि दिन यता स्वास्थ्यमा असर पर्न थालेपछि चितवनको क्यान्सर अस्पताल पुगेका उनलाई उपचारको लागि लाखौं रकम चाहिने अस्पतालले जनाएपछि परिवारमा फेरी निकै गहिरो चोट परेको छ ।
आर्थिक अबस्था कमजोर भएका प्रेम बैदेशिक रोगजगारको क्रममा विदेशमै विरामी भएर उपचारको लागि नेपाल फर्केका उनलाई क्यान्सर लागेको थाहाभएको पनि गएको चैत्र महिनामा ६ बर्पै पुरा भएर ७ बर्षै लागेको उनकि श्रिमती दानसरी जैशीले बताउनु भयो । शुरुवातमै बिदेशमा रहेका श्रीमान्का साथीहरुको सहयोगमा उपचार गर्न सफल भएका थियौ । उहाको हौसला रोग संग लड्ने ठुलो औषधी भएको थियो । फेरी ७ बर्ष लाग्दा पहिले जस्तै भएको छ । आसुका ढिका खसाल्दै उहाले सुनाउनु भयो ।

सम्पत्तिको नाउमा रहेको घरबास बेचेरै भएपछि श्रीमानलाई बचाउछु भनेर लागेकी थिए । नत किनिदिने मान्छे आउछन् नत रिन पाउछु ।सास छउन्जेल आस भनेजै फेरी पनि सवैसंग मन अनि धनले सहयोग गरिदिन याचना गरेकी छु । दानसरीले बताउनु भयो । प्रेम जैशिको जिवन रक्षाको लागि तन मन र धनले सहयोग गर्न चाहानु हुने ले जैशिकी श्रीमती दानसरी जैसीको बैक अफ काठमाण्डौं लुम्बिनीको खाता नं. ०५६६००८११०६२५२४ मा जम्मा गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार