काठमाडौं, ८ साउन। कानूनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले प्रधानमन्त्रीको आग्रहमा मंगलबार राजीनामा दिएका हुन् । भावुक मुद्रामा देखिएका उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजनीतिक निष्ठा अटल रहने र आर्थिक समृद्धिको सरकारको सपनामा आफूले कहिल्यै बाधा नपार्ने पनि प्रतिक्रिया दिएका छन् ।

केहि दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनुपर्ने गरेको भनेर अभिव्यक्ति दिएपछि उनी चौतर्फी आलोचित भएका थिए ।यसको सर्वत्र आलोचना भएपछि उनले यसअघि विज्ञप्ति जारी गर्दै माफी पनि मागेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार