श्रावण ७ ,नवलपरासी । नवलपरासीको सरावल गाऊपालिका वडा नं ३ मा गाऊपालिका स्तरीय पुस्तकालयको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । पुस्तकालयको उद्घाटन सरावल गाउपालिका प्रमुख राधेश्याम चौधरीले गर्नु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख चौधरीले आजको युगमा शिक्षा बिना कुनै पनि काम गर्न असहज हुने भएकोले शिक्षालाई अनुसरण गर्नु पर्ने आवश्यक रहेको बताऊनु भयो।

उहाले गाऊपालिकाले शिक्षा मा बिषेश जोड दिदै गाउपालिका अन्तर्गत पर्ने सम्पुर्ण विद्यालयहरुमा पठन पाठन गरिएका गरिब तथा बिपन्न विद्यार्थीहरुलाई करिब १ हजारको दरले १ हजार विद्यार्थीहरुलाई ड्रेस लागी ब्यवस्था गरिसकेको बताउनुभयो । साथै करिब २६ जना गरिब बिपन्न परिवारको बाल बालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरिएको ए.बि.सी.नेपालको सहजिकर्ता साईदा निशा पठानले जानकारी दिनु भयो।

दिप ज्योती किसोरी समुह सरावलको आयोजना तथा सरावल गाउपालिका, ए.बि.सी.नेपाल तथा स्ट्रोम फाउन्डेशन नेपालको सहयोग रहेको कार्यक्रममा गाऊपालिका उपप्रमुख उत्तमा राय,उमेश बि.क. आरिफ,संजय कुश्वाहा, ममता बिक. धनिराम बि.क. हरिलाल यादव,दुर्गा बि.क, लगायतहरुले बोल्नु भएको थियो । कार्यक्रमको संचालन आरिफ खानले गर्नु भएको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार