साउन ७ ,नवलपरासी । नवलपरासी पूर्व देवचुली नगरपालिका एक क्यौरेनी स्थित दिव्य मध्यावर्ति सामुदायिक उपभोक्ता समितिको माछा पोखरीमा डुबेर आईतवार एक जनाको मृत्यु भएको छ । पोखरी सफा गर्ने क्रममा सोहि ठाउ निवासी बर्ष ४२ का सुक्र बहादुर बोटेको डुबेर मृत्यु भएको हो । उनले मादक पदार्थ सेवन समेत गरेकाले पोखरीमा डुवेपछि निस्कन नसकेको प्रहरीको भनाई छ । प्रहरीले उनको शव निकालेर दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि आफन्तलाई बुझाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार