साउन ७,दार्चुला । नेपाली काँग्रेसका नेता एवं तत्कालीन लाली गाविस उपाध्यक्ष रहेका लेकम गाउँपालिका–२ का प्रमानन्द भट्ट मृत फेला परेका छन् । काठमाडौंबाट घर फर्किनेक्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा उनी मृत फेला परेका हुन् ।

लामो समयदेखि काठमाडौंमा परिवारको उपचारको लागि गएका नेता भट्ट घर फर्किने क्रममा बाटोमा लडेकै अवस्थामा मृत भेटिएको स्थानीयले बताएका छन् । उनकी पत्नी गायत्री भट्ट विगत ५–६ महिनायता काठमाडौंमा उपचाररत छिन् ।घट्नाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार