काठमाडौं, ७ साउन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्तारुढ नेकपाका कार्यकर्ताहरुले नै केहि समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने ठोकुवा गरेका छन् ।सोमबार नेपालगञ्जमा पत्रकारहसँग प्रतिक्रिया दिंदै पौडेलले सरकारका पछिल्ला काम कारबाहीका कारण नेकपाका कार्यकर्ताहरु नै रुष्ट भएका र अब नेकपाकै कार्याकर्ताले प्रधानमन्त्रीको राजीनामा माग्ने बताए ।

वर्तमान सरकार माफिया पोस्ने खेलमा लागेको आरोप लगाउँदै उनले चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डाक्टर गोविन्द केसीलाई राजधानीमा ल्याउन सरकारले जुम्लामा देखाएको ताडण्व नृत्यले जंगली युगको झल्को दिएकोसमेत आरोप लगाए । नेपाली नारीको अस्मितामा ठाडो प्रहार हुने गरी कानूनमन्त्री शेरबहादुर तामाङबाट आएको निर्लज्ज अभिव्यक्तिको उनले कडा शब्दमा भत्सर्ना गर्दै कानूनमन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार