वीरगञ्ज, 7 साउन । गत असार ३१ गते पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित गंगोलीमा एक युवतीको शव फेला प¥यो । प्रहरीले घटनाबारे अनुसन्धान गर्दा भारत पश्चिम चम्पारण बरगाँव, थाना वगाहा पिपरिया–११ की बनिता कुमारी चौधरी रहेको खुल्यो । तर उनको हत्या कसले ग¥यो भन्नेबारे भने प्रहरी खोजी मै लागिर¥यो ।

असार २८ गते दिउँसो २ बजे हराएकी १८ वर्षीया वनिताको कपडा, औठीलगायतका आधारमा आफन्तले उनको शव पहिचान गरेका थिए । वनिता जगरनाथपुरमा नातामा काका पर्ने हिरामन भन्ने नरसिंह चौधरीको घरमा बस्दै आएकी थिइन् ।हत्याको आरोपमा जगरनाथपुर गाउँपालिका ४ सुहपुरका १९ वर्षीय प्रमेन्द्र चौधरी पक्राउ परेका परे । उनी मृतक १८ बर्षीया वनिताको प्रेमी भएको खुलेको छ ।विगत तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेका प्रमोद र बनिताको नियमित फोनसम्पर्क तथा भेटघाट पनि हुने गर्दथ्यो ।

गोर्खामा डकर्मी काम गर्ने प्रमेन्द्र घटनाको अघिल्लो दिन मात्रै गाउँ आएका थिए ।घटनाको दिन उनीहरुले भलुवाई खोलामा भेटेको र उनीहरुले सहमतिमै शारीरिक सम्बन्ध पनि राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, प्रमेन्द्रले पुन यौन सम्बन्ध राख्न खोज्दा बनिताले इन्कार गर्दै घर जान खोजेपछि आपेशमा आई प्रमेन्द्रले वनितालाई उनकै सलको पासो लगाएर हत्या गरेको प्रहरीको दाबी छ । सुहपुरस्थिर घरबाटै पक्राउ परेका उनले अभियोग स्वीकार गरेका छन् । हत्याको आरोपमा पक्राउ परेका प्रमेन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार