साउन ५, नवलपरासी । नवलपरासीको सरावलमा गाउँपालिका वडा नं २ मा गाउँपालिका स्तरीय किशोर किशोरी संजाल शनिबार गठन गरिएको छ । ए.बि.सी.नेपालको आयोजना तथा स्ट्रोम फाउन्डेशनको सहयोगमा गाउँपालिकाको वडा नं १ देखी वडा नं ५ सम्मको करिब २७ वटा समूहबाट १ वटा मुल समिति गठन गरिएको छ । जसको अध्यक्षमा ममता कुमारी चौधरी, उपाध्याक्षमा दुर्गा कुमारी चौधरी, कोषाध्यक्षमा सरिता थारु, सचिवमा सकुन्तला थारु रहेका छन् । यस्तै सदस्यहरुमा सृष्टि महतो, सुशीला गुप्ता, कल्पना चौधरी रहेका छन् ।

गाउँपालिकामा थप ४ वटा उपसमितिहरु गठन गरिएको संस्थाका सहजीकर्ता साईदा निशा पठानले जानकारी दिईन् ।किशोर किशोरीहरुलाई शिक्षा, स्वास्थ्य, मनोरन्जन, बहस तथा पैरवी सम्बन्धी सामाधान गर्न मुल उद्देश्यको संस्था गठन गरिएको निशाले बताइन् ।समाजसेवी हिरालाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको करिब २३० किशोर किशोरीहरुको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार