बझाङ, ५ साउन । बझाङको खप्तड छान्ना गाउँपालिमा पहिरोका कारण चार जनाको ज्यान गएको छ । वडा नम्बर ६ स्थित बयानामा गएको पहिरोका कारण एकै परिवारका तीनसहित चार जनाको घटनास्थलमा नै ज्यान गएको हो  गाउँ नजिकै रहेको शिव मन्दिर गलेगडामा शनिवार दिउँसो पहिरो जाँदा चौतारामा बसी रहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको हो । घटनामा चार जनाको ज्यान गएको छ भने अन्य दुई घटना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृत्यु हुनेहरुमा स्थानीय ४५ वर्षीय उजलीदेवी थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा र नाती ६ वर्षीय कृष्ण थापा रहेको स्थानीयले जनाएका कमछन् । त्यस्तै सोही गाउँका २० वर्षीया मंगल थापाको पनि सोही पहिरोमा परेर ज्यान गएको हो ।घटनामा परि त्यसै गाउँका ५ वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । उनीहरुको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार