साउन ०५, नवलपरासी । अगाडि गुडिरहेको ट्रकसँग बस ठोक्किँदा २४ यात्रु घाइते भएका छन् । शनिबार बिहान ५ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत मध्यबिन्दु नगरपालिका–१० अरुणखोलामा भएको दुर्घटनामा बसमासवार २४ जना घाइते भएका हुन् ।शनिबार बिहान दुर्घटनाग्रस्त बस ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ९०६४ नम्बरको ट्रकलाई सोही दिसाबाट आउँदै गरेको ना ५ ख ५७६३ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार ४० जना मध्ये २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी उपरीक्षक लिलाराज लामिछानेले बताए।घाइतेहरु मध्ये ७ जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ८ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा र ९ जनालाई मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी उपरीक्षक लामिछानेले बताए। दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार