साउन ०५, काठमाडौं । डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रीएका प्रदर्शनकारीमाथि प्रहरीले बानेश्वरमा बल प्रयोग गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडी बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्याँससँगै लाठी प्रहार गरेको छ ।

डा।केसीको समर्थनमा उत्रीएका आन्दोलनकारीलाई तितरवितर पार्ने क्रममा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको लाठी प्रहारबाट केहि व्यक्ति घाईते समेत भएका छन् । डा। केसीको समर्थनमा मानवअधिकारवादी, विभिन्न दलका नेता कार्यकर्ता तथा स्वास्थ्यकर्मी लगायत सर्वसाधारणको सहभागिता रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार