काठमाडौं, ५ साउन । नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीले वर्तमान ओली नेतृत्वको सरकारलाई जनताको मनमा सबैभन्दा बदनाम सरकार भएको आरोप लगाएका छन् ।

सोलिडारिटी फर डा। केसी अलायन्सको ब्यानरमा काठमाडौंमा शनिबार भएको प्रर्दशनमा सहभागी हुँदै उनले संख्यामा दुई तिहाई बहुमतको सरकार भए पनि जनताको मनमा सबैभन्दा बदनाम सरकारको रुपमा स्थापित भएको बताए । ‘ओली र प्रचण्ड सत्ताको भुलभुलैयामा अल्मलिएका छन्,’ उनले भने, ‘यो सरकार लोकतन्त्र विरोधी पनि हो, लोकतन्त्रको मान्यता विपरित उपसभामुख पद विपक्षीलाई नदिएर सरकारले अलोकतान्त्रिक छवि गरिरहेका छन् ।’
उनले २०६२र६३ मा नागरिक आन्दोलन गिरफ्तारीबाटै सुरु भएको भन्दै सरकारले गोविन्द केसीको माग सुनुवाई नगरे सामूहिक अनशनमा बस्ने र सामूहिक गिरफ्तारी दिने बताए ।नागरिक अगुवा पहाडीले यो सरकारले इन्टरनेटमा चुनावी घोषणाविपरित शुल्क बढाएर सूचना प्रविधि विरोधी छवि बनाएको बताए ।आन्दोलन र युद्ध लडेका नेताहरु राजतन्त्रमा जस्तै ओलीको चाकरी गर्न लागेका भन्दै आलोचना गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार