छिमेकी राष्ट्र भारतमा बलात्कारका घटनाहरु सञ्चार माध्यममा आउनु ठुलो कुरा भएन । दिनहुँ जसो भारतमा बलात्कारका समाचारहरु आइरहेका छन् । एक दिन अघि मात्रै पनि एउटा रसियन युवती माथि सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएको थियो ।आज पनि अर्को एउटा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । तर, यो घटना अलि भिन्न प्रकारको छ । भारतमा १२र१३ वर्षका बालिकाहरुलाई जोगाउँनै मुस्किल पर्छ । जुन उमेरका बालिकाहरुलाई थाहै हुन्न कि शारीरिक सम्बन्ध भनेको के हो ?

अहिले भारतमा एउटा यस्तो आश्चर्यजनक बलात्कारको घटना सार्वजनिक भएको छ । यो घटना चेन्नाईको हो । चेन्नाईको आयनवरम इलाकामा एक नाबालिकाको सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो । ती बालिकाको पहिचान भने खुलाइएको छैन । उनी १२ वर्षकी नाबालिका हुन् । पछिल्लो सात महिना देखि लगातार ती १२ वर्षीय नाबालिका माथि सामूहिक बलात्कार हुँदै आएको छ । त्यो दुई, तीन जना होइन्, पूरै २२/ २२ जनाबाट । यो घटनामा हैवानोस्थीत एक अपार्टमेन्टमा तैनाथ सेक्युरिटी गार्ड, लिफ्ट अपरेटर, प्लम्बर र दैनिक पानी सप्लाई गर्दै आएकाहरु संलग्न रहेका खुल्लन आएको छ ।सो अपार्टमेन्टमा विगत सात महिना देखि लगातार सामूहिक बलात्कार हुँदा पनि कसैलाई थाहा भएन । जानकारीमा आए अनुसार ती १२ वर्षीय बालिकालाई नशालु पदार्थ खुवाएर अचेत बनाइन्थ्यो र बलात्कार गरिन्थ्यो ।

सात महिनापछि ती बालिकाले आफ्नो आमा र दिदीलाई यो कुराको खुलासा गरिन्, तब मात्र थाहा भयो कि ती बालिका वित सात महिना देखि लगातार सामूहिक बलात्कारको शिकार बन्दै आएकी थिईन् । यस्तो दर्दनाक घटना थाहा पाउने बितिक्कै उनका आमाले महिला प्रहरी चौकीमा उजुरी दर्ता गरिन् । उजुरी दर्तापछि सोही अपार्टमेन्टका १८ जना कामदारहरुलाई प्रहरीले हिरासतमा लिएको छ । सार्वजनिक जानकारी अनुसार ती बालिकालाई यौन पिपासुहरुले नशालु पदार्थ खुवाएर अचेत बनाइसकेपछि बलात्कार गर्ने गर्थे । ती पीडित बालिकाका अनुसार उनलाई कुनै बेला नशालु इन्जेक्शन लगाईदिन्थे भने कुनै बेला नशालु चिसो पेय पदार्थ पिलाउँथे ।

साथै ती बालिकालाई नशालु पाउडर सुँघाएर पनि अचेत पार्थे । घटनामा संलग्न ती यौन पिपासुहरुले ती बालिकालाई बलात्कार मात्र गर्दैनथे, कयौं अश्लिल भिडियोहरु पनि बनाएका छन् । त्यसै भिडियोलाई देखाएर इनटरनेटमा अपलोड गरिदिने लगाएतका डर, धम्की देखाउँदै ती बालिका माथि फाइदा उठाउँदै आएका थिए । कक्षा सातमा पढ्दै गरेकी ती पीडित बालिकाले अन्त्यमा आएर आफुमाथि भएको ती अत्याचारहरु झेल्न नसकेर गत शनिबार स्कुलबाट घर आउँदै गर्दा सारा कुरा आफ्नी दिदीलाई बताएकी थिइन् । पीडिक बालिकाले प्रहरीसमक्ष बताए अनुसार सो अपार्टमेन्टमा लिफ्ट अपरेटरको रुपमा खटिएका ६६ वर्षीय रवी कुमारले सबै भन्दा पहिले बलात्कार गरेका थिए ।

तीन दिनपछि रवी कुमारले आफ्नो अन्य दुई साथिहरुलाई पनि लिएर आए र तीनै जना मिलेर ती बालिकासँगको अश्लिल भिडियो बनाएका थिए । त्यसपछि लगातार उनीहरुको यस्तो हर्कत सात महिनासम्म आयो भने बलात्कारीहरुको संख्या पनि बढ्दै गयो । त्यहाँका प्रहरीले बताए अनुसार सोही अपार्टमेन्टमा कामदारको रुपमा खटिएका सेक्युरिटी गार्डदेखि लिएर अपार्टमेन्टमा विभिन्न कामदारको रुपमा खटिएका पानी ओसार पसार गर्ने, प्लम्बिङ गर्ने लगाएतका १८ जना हिरासतमा लिइएको छ । घटनामा संलग्न अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । न्यूज२४नेपालबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार