श्रावण ४, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ को राष्ट्रिय आवास कम्पनीको जग्गा विक्रि प्रकृयाको विवाद उत्कर्षमा पुगेको छ । कम्पनीले चिसापानीमा रहेको जग्गा विक्रि गर्दा सुचना लुकाएर केहि ब्यक्तिहरुको चलखेलमा लागेर जालसाजी पुर्ण रुपले टेण्डर प्रकासन गरी विक्र गरेको र संघर्ष समिति, अस्पताल , क्लव तथा विभिन्न क्षेत्रबाट जारी भएका विज्ञप्ती प्रति कुनै वास्ता नगरी स्थानिय तहको समेत अपमान हुनेगरी प्रकृया अगाडि बढाईएको भन्दै वाई सि एल नवलपरासी र युवासंघ नवलपरासीले राष्ट्रिय आवास कम्पनीको कार्यालयमा तालाबन्दि गरिदिएका छन् । वाईसिएल र युवासंघले आजनै बर्दघाट नगरपालिका मेयर धिरज शर्मा बस्याललाई समेत विज्ञप्ती दिएर राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा स्थानिय तह माताहत आउनुपर्ने माग समेत गरेका छन् । वाईसिएल र यूवासंघका कार्यकताले नगरपालिका अगाडि राष्ट्रिय आवास कम्पनीको खारेजीको माग गर्दै नाराबाजी समेत गरेका थिए । उनीहरुले गलत प्रकृयाबाट खुलाईएको टेण्डर प्रकृया रद्ध हुनुपर्ने समेत माग गरेका थिए । विज्ञप्ती बुझ्दै मेयर शर्माले कर छलि गर्नै उदेश्यले र जिल्ला बाहिरका मानिसलाई ल्याउने कार्य भएको बताउनु भएको थियो । कुनैपनि हालतमा जग्गा नगर माताहतमा ल्याउनका लागि नगरपािलकाको पनि अडान रहेको र युवाहरुले देखाएको चासो प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै युवा संघ र वाईसिएलले जिल्ला प्रशासन कार्यालय बर्दघाट पश्चिममा समेत जग्गा विक्रि प्रक्रियाको खारेजीको माग गरी विज्ञप्ती वुझाएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल समक्ष उनीहरुले विज्ञप्ती बुझाएका हुन । विज्ञप्ती बुझ्दै भुसालले जायज माग भएकोल सम्बन्धित ठाउमा आएको हुदा मागको सम्वोधन गर्न तर्फ आफुहरुको भुमिका रहने बताउनुभएको थियो । संयुक्त रुपमा जारी भएको विज्ञप्तीमा मुलुकमा तिन तहको सरकार रहेको र जमीन स्थानिय सरकारको माताहतमा आउनुपर्नेमा कानुनी संक्रमणको फाईदा उठाई पुरानै कानुनलाई देखाएर केहि माफियाहरुको चंगुलमा फसि दैनिक पत्र नामक पत्रिकालाई समेत आफ्नो प्रभावमा पारी एकै मितिमा दुईखाले समाचार छपाएर पुरै पत्रिका आफ्नो कब्जामा लिई राष्ट्रिय आवास कम्पनीले बदनियत रुपमा विक्रि प्रकृया अगाडि बढाएको उल्लेख गरिएको छ ।विज्ञप्तीमा टेण्डर प्रकृया खारेज नगरि स्थानिय निकाय ,संघर्ष समिति, अस्पताल र आम नागरिकको भावनालाई समेत बेवास्ता गरेको पाईएकोले युवा संघ नेपाल तथा वाईसिएल नेपालको ध्यान आकर्षण भएको जनाउदै प्रकृया अविलम्ब खारेज गरी जग्गा स्थानिय तह माताहत ल्याउनका का लागि माग गरिएको छ । संघर्षबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवार सम्बन्धीत निकाय स्वयम आफै हुनेछ भनी उल्लेख गरिएको छ । विज्ञप्तीमा युवासंघको तर्फबाट केन्दिय सदस्य तथा जिल्ला संयोजक प्रदिप सुवेदी र वाईसिएलको तर्फबाट जिल्ला संयोजक हरि भण्डारीको हस्ताक्षर रहेको छ (dautari fm)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार