साउन ४,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि डा.गोविन्द केसीलाई प्रयोग गरेको भन्दै उनको जीवनमाथि खेलवाड भएको आरोप लगाए । पोखरा विश्वविद्यालयको १९ औं साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताए । जुम्लामा २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यवस्था विग्रँदै गएकोमा सरकारले चिकित्सकको टोली पठाँउदा टोलीलार्इ केसीको वरिपरि नै पर्न नदिने, उनले पनि सरकारी चिकित्सक टोलीसँग उपचार नगर्ने अडान लिनु भनेको उनलाई कसैले प्रयोग गरिरहेको र उनको जीवनमाथि खेलवाड भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलले गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो राजनीतिलाई जीवित राख्न खोजे त्यो स्थायी नहुने दावी गरेका छन् ।चिकित्सकले हड्ताल गर्नु आफ्नो पेशागत मर्यादा विपरीत भएको भन्दै प्रधानमन्त्री ओलीले अन्य पेशाकर्मीको तुलनामा डाक्टरको पेशा संवेदनशील भएकाले उनीहरूले काम छोडेर हडतालमा उभिनुले कयौंको ज्यान जान सक्ने खतरा हुने बताए । प्रधानमन्त्री ओलीले उपचार गर्ने पेशा रोजेर उपचार गर्दिन भन्नु नैतिकहीन कार्य भएको समेत उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार