साउन ०३, काठमाडौं । जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो ।उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ । केसीलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्याल जुम्लाले जनाएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार बिहान जुम्ला पठाएको थियो ।सुरुमा सरकारी टोली जुम्ला पुगेर केसीसँग छलफल गर्न खोज्दा केसी समर्थकले विरोध गरेका थिए । त्यसक्रममा झडप समेत भएको थियो । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्या आउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए ।यसअघि आजै उनले सहयोगिमार्फत एक अडियो सन्देश दिएर विधेयक फिर्ता नलिएसम्म काठमाडौ नजाने र अनसन पनि नतोड्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार