काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निहित राजनीतिक उदेश्य पुरा गर्नका लागि डा. गोविन्द केसीको जीवनमाथि नै खेलबाड नगर्न चेतावनी दिएका छन् । आज पोखरा विश्वविद्यालयको १९ औं साधरणसभामामा उनले डा. गोविन्द केसीको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र त्यसका लागि सरकार गम्भीर रहेको बताए ।प्रधानमन्त्री ओलीले भने, ‘उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ? उहाँको स्वास्थ्य बिग्रिएको छ । त्यो थाहा पाएर हामीले उपचारका लागि चिकित्सक पठाएका छौं । तर बेडमा जानै नदिने । उपचार हुनै नदिने । वास्तवमा उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ?’

केसीका नामका केहीले आफ्नो रोटी सेकेर खाइरहेको भन्दै त्यो अनुपयुक्त भएको प्रधानमन्त्री ओलीको भनाई थियो । चिकित्सकहरुको आन्दोलन मर्यादाबाहिरको भएको प्रधानमन्त्री ओलीले बताए । ‘काम नै बिरामीको उपचार गर्ने हो । आफूलाई चिकित्सक भन्ने तर बिरामीको उपचार नगर्ने । यो अमर्यादित हो’ प्रधानमन्त्रीले भने । ‘डाक्टरले आज बिरामीको उपचार गर्दिन, भोलि गर्छु भन्दा कयौंको ज्यान जान सक्छ । यस्तो काम उचित होइन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार