चैत्र ०१ काठमाडौ । गएको डिसेम्बर दोस्रो साता दक्षिण र पूर्वी एसियाका महिला अधिकारकर्मीहरूको सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक जाने अवसर यस लेखकले पायो। होटेलको लबीमा एक भारतीय युवा भेटिए, जो त्यस सम्मेलनसँग सम्बन्धित भने थिएनन्। हामी दुवै आ–आफ्नो ल्यापटपमा व्यस्त थियौं। लामो समयसम्म आम्ने–साम्ने भएपछि मानवीय सम्यता देखाउँदै यसले ओठ तन्कायो, जसलाई मुस्कान पनि भन्न सकिन्थ्यो।

‘तपाईं नेपाली  ? ती युवकले राम्रो अंग्रेजीमा सोधे– ‘तपाईंको पहिरनबाटै थाहा भयो ⁄’ यसले नेपाली ढाकाटोपी जो ढल्काएको थियो।

‘हो। तपाईंचाहिँ भारतीय हुनुहोला, होइन ? यसले जवाफ फर्कायो र टिप्पणी गर्यो, ‘तपाईं त खेलाडीजस्तो देखिनुहुन्छ, हो ?

‘म आफ्नो स्टेटमा क्रिकेट खेल्छु, तर यहाँ छुट्टी मनाउन आएको, मेरो खेलसम्बन्धी यात्रा होइन ⁄’ लेखक बोलेपछि ओठ तन्काउँथ्यो, तर ऊ त्यस्तो औपचारिकता जान्दैनथ्यो वा देखाउन चाहँदैनथ्यो। पछि जुन प्रश्न उसले यसलाई गर्यो, त्यसपछि त उसको सम्पूर्ण मानसिकता भित्तो लागिहाल्यो।

‘तपाईं नेपाल र भूटान दुवै भारतसँग नमिसिएर बेकारमा के लफडामा परिरहेको हो रु’ अत्यन्त अपमानजनक र जंगली प्रश्न उसले यति सामान्य र अप्रत्याशित रूपमा सोध्यो कि एकछिन् त लेखक स्तब्ध भयो। त्यस बेला भने यसले मानवीय सद्भावका लागि मुस्कान दिन सकेन।

‘अँ अँ, नेपाल पनि यही लाइनमा सोच्दै छ तर सानो कुरा मिलेको छैन, एकीकरणपछि देशको नामचाहिँ नेपाल राखौं भन्ने हाम्रो अडान छ, यस विषयमा भारत सोच्दै होला ⁄’ यतिखेर भने लेखकले फेरि मुस्कान दियो। विपक्षी क्रिकेट खेलाडी पारस खड्काको छक्का समात्न नसकेर पछारिएको थियो। उसले जवाफमा ‘ओ‘।⁄’ भन्यो। त्यही ‘ओ’ पनि उसलाई नराम्ररी सर्किएको थियो, श्वासनलीतिर खुर्सानी छिरेजस्तै। त्यसपछि ऊ उठेर कतै लागि पनि हाल्यो। लेखकले पनि वास्ता गरेन।

तीन महिनाभन्दा लामो समयपछि लेखकले यो सन्दर्भ आज आएर उठाउनुको कारण के रु खासमा, नेपाल–पुत्र गोविन्द गौतमको बलिदान हुँदैनथ्यो भने आज पनि यो सन्दर्भ यसको दिमागमा आउने थिएन। भारतीय पक्षद्वारा हुने गरेको सीमा अतिक्रमणका विपक्षमा उभिएर उनले ज्यान अर्पण नगरेका भए एक सामान्य भारतीय नागरिकको प्रश्नलाई ‘बुद्धि नपुगेर गरेको’ भनेर महत्व दिइने थिएन। त्यसलाई महत्व नदिएकैले तीन महिनासम्म उठाइएन
पनि।
यसै बीच सुपरिचित विद्वान् युवराज संग्रौलाले फेसबुकमा यसै सिलसिलासँग मेल खाने एक स्टाटस लेख्नुभयो। शुक्रबार ११।२४ मा अपडेट गरिएको सामग्री यस्तो छ, ‘अब अलिकति व्यावहारिक, अलिकति खोजमूलक, अलिकति विश्लेषक र सबैभन्दा महत्वपूर्ण सकारात्मक बनौं। आजैदेखिन् कस्तो देशमा जन्मिएछ, चोरैचोरको देश, इन्डियाले लगे त बरु राम्रो हुन्थ्यो भनेजस्ता अभिव्यक्ति बन्द गरौं।

१.अब पहाडे, मधेसी होइन। अब नेपाली हुनुपर्छ। मधेसका सर्वसाधारण जनतालाई सोधेर राष्ट्रले मधेसको विकासको योजना बनाउनुपर्छ। सेना, प्रहरी र सरकारका अन्य निकायमा मधेसी जनताको पहुँच सजिलो र समानुपातिक बनाउनुपर्छ।

२.अब सिमानाको व्यवस्थापन गर्नुपर्छ। आवत–जावत गर्ने ठाउँबाहेक अन्यत्र तारबार लगाउनुपर्छ। इमिग्रेसन प्रणाली लगाउनुपर्छ।

३. अब देशको समस्या समाधान गर्न नागरिक पहल शुरु हुनुपर्छ।’

यस पंक्तिकारले पनि ‘बरु इन्डियाले लगोस्’ जस्ता घातक आक्रोश नेपालीका मुखबाट खुस्केको नसुनेको होइन। खासगरी भ्रष्टाचारमा लिप्त र आफ्नो तिघ्रा टाल्नका लागि आमाको नाक काट्न तयार नेताहरूको रबैयाबाट दिक्क भएर कतिले यस प्रकारको क्षोभ प्रकट गरेकोमा शंका छैन। सर्वसाधारणले यस प्रकारको आक्रोश पोख्नुको पछाडि उनीहरूमा अन्तरनिहित देशभक्तिको न्यूनता होइन, बरु पर्याप्तता भने हो। अति कार्यबोझले थाकेकी भोक र तिर्खाले ग्रस्त आमाले हाई गरेर थुक निल्दा अज्ञानी बालक छोराले ‘आमा के खाको, मलाई पनि देऊ न’ भनेछ। रिसको आवेगमा आमाले भनिछन्, ‘कुकुरको आची ⁄’ कहिलेकाहीँ रिसको आवेगमा अरुलाई गाली गर्दा आफैं पछारिने अवस्था आउँछ। ‘बरु इन्डियाले लगोस्’ यस्तै अभिव्यक्ति हो। केही कमजोर मनस्थितिका मानिसहरू आवेशमा आत्महत्या गर्छन् र पुनः कहिल्यै जीवन पाउँदैनन्। जीवनसँग जतिसुकै रिसाए पनि आत्यहत्या त्यसको उपचार हुनसक्तैन। ‘आत्महत्या’ शब्दको प्रयोगले मात्र पनि कसैलाई यो विकल्प रोज्ने परोक्ष प्रेरणा दिन सक्छ। त्यसैले वर्षौंअघिदेखि ‘बरु इन्डियाले लगोस्’ भन्ने आक्रोश सुन्दै आएर पनि यसले व्यक्तिगत कुराकानीबाहेक अन्यत्र यस शब्दको प्रयोग गरेको थिएन। तर आज परिस्थितिले प्रयोग गर्ने अवस्थामा ल्यायो, यसो गर्दा लेखकको मन रोइरहेको छ। किनभने यसलाई लाग्छ, भगौडा राजा त्रिभुवन भारतमा सपरिवार कुम्लो–कुटुरो बोकेर शरण लिन गएकै क्षणबाट छिमेकमा नेतृत्वदेखि थाइल्यान्डमा भेटिएको युवकजस्ता सामान्य व्यक्तिसम्म नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने मनस्थितिमा थिए। नेपालमा पूर्णतः शान्ति कायम रह्यो भने गाभ्न सकिन्न भन्ने चिन्ताले हाम्रा विकाउ नेता, प्रशासक र तथाकथित प्रभावशाली व्यक्तिलाई उसले कठपुतली बनाइरहेको छ। यो समूह नेपालमा जुनसुकै रूपमा भए पनि ‘बरु इन्डियाले लगोस्’ जस्तो बोली प्रकट भएको सुन्न चाहन्छ।

इतिहासकारहरू लेख्छन्– राजा त्रिभुवन भारतमा शरण लिन गएको समयमा नेपाललाई भारतमा विलय गराउने पक्षमा एक समूह निकै लागेको थियो। तर भारतका तत्कालीन प्रधानमन्त्री पं। जवाहरलाल नेहरू इतिहासकालदेखि स्वतन्त्र मुलुक नेपाललाई बलपूर्वक विलय गराउनु भारतको हितमा नहुने अडानमा रहे र नेपाल स्वतन्त्र रह्यो। अन्यथा सिक्किमभन्दा अगाडि नै नेपालको अस्तित्व समाप्त भइसक्ने थियो। आज पनि भारतमा नेहरूको सोच भएका नेता र जनताको बाहुल्य छ, नेपालको स्वतन्त्र अस्तित्व हेर्न चाहने र नेपालीको भावनाको कदर गर्ने भारतीय मित्रहरूकै कारण त्यहाँको अतिक्रमणकारी शक्ति अगाडि आउन सकिरहेको छैन। साथमा अन्तर्राष्ट्रिय समुदाय पनि नेपाललाई अधीनस्थ बनाउने भारतीय खेमाको पक्षमा छैन। त्यसैले नेपाल स्वतन्त्र छ। गोविन्द गौतमको सहादतमा आँसु नझार्ने हाम्रा नेताहरूको व्यवहारका कारण नेपाल स्वतन्त्र रहेको भ्रम कसैले नपाले हुन्छ।

धिक्कार लाग्छ, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को गोली प्रहारबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमका पक्षमा उभिएर हाम्रा नेताहरूले उनलाई श्रद्धाञ्जली दिन सकेनन्, यस्ता काँतर र अराष्ट्रिय नेताका कारण यो देश कसरी स्वतन्त्र रहन सक्छ रु यस्ता पाखण्डी नेपाली नेताभन्दा भारतीय पं। नेहरू नेपालका ठूला शुभचिन्तक रहेछन्, जसले नेपालको स्वतन्त्र अस्तित्व स्वीकार गरे र यसलाई आजसम्म स्वतन्त्र रहन सघाए। तर गौतमको मृत्युसँगै नेपालमा विकास भएको देशभक्तिको ज्वाला अतिक्रमणकारी भारतीय खेमाले महसुस गरेको हुनुपर्छ, राजनीतिक बजारभाउ बुझेको हुनुपर्छ, नेपालमाथि आँखा लगाउने सोचाइ मात्र पनि भयानक घातक हुनेछ। गौतमका सन्दर्भमा सरकारले लिएको निर्णय पनि स्वागतयोग्य छ। गौतमलाई शहीद घोषित गरी ११ तोपको सलामी दिएर अन्त्येष्टि गरिनु उचित निर्णय हो।

मुलुक आज नेपाली सपुतहरूको लासको बीचमा परेको छ, सप्तरीको मलेठ गाविसमा गत फागुन २३ गते प्रहरीको गोली लागि मृत्यु भएका चार जनालाई पनि हामीले नै श्रद्धाञ्जली दिनुपरेको छ, जो नेताहरूको स्वार्थी र जुँगाको लडाइँका कारण मृत्युवरण गर्न पुगे। तर दुर्भाग्य, मुलुक प्रस्ट दुईतिर बाँडिएर श्रद्धाञ्जली दिइरहेको देखियो– एकातिर पाँचका लागि र अर्कातिर एकका लागि। तर सिंगो मुठी बन्न एक र चार औंलाहरू विभाजित भएर सम्भव हुन्न, पाँच मिलेपछि नै बलियो मुठी हुन्छ भन्ने चेतना जगाउन नसकेसम्म नेपालको अस्तित्व अकण्टक रहनेछैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार