वैशाख २६,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आन्तरिकतर्फ लोकसेवा आयोगले लिएको परीक्षामध्ये ३ पदमा कोही पनि उत्तीर्ण भएनन् ।मुख्य प्रबन्धक (सूचना प्रविधि), वरिष्ठ प्रबन्धक (सूचना प्रविधि) र वरिष्ठ सहायक पदमा कोही पनि उत्तीर्ण नभएका हुन् ।

वरिष्ठ सहायक पदमा १११ जनाको माग भएकोमा २६ जना सहभागी भएका थिए, त्यसमध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । यस्तै मुख्य प्रबन्धकमा १ जना सहभागी भएकोमा उनी पनि अनुत्तीर्ण भए । वरिष्ठ प्रबन्धकको १ पदको लागि भएको लिखित परीक्षामा सहभागी दुवैजना अनुत्तीर्ण भए ।

हेर्नुहोस्, वरिष्ठ सहायकको नतिजा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार