असोज २९, काठमाडौं । नेपाल वायुसेवा निगमले आइतबार पदपूर्तिको सूचना प्रकाशित गर्दै १०० भन्दा बढी कर्मचारी भर्नाका लागि खुला दरखास्त आह्वान गरेको छ । निगमले सातौं तहको बरिष्ठ प्राविधिक अधिकृतदेखि चौंथो तहको ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्मका लागि दरखास्त मागेको छ ।

खुला तथा समावेशी कोटामा प्राविधिक अधिकृतमा १६ जना मागिएको छ । सामान्य प्रशासन (अधिकृत) तर्फ २२ जनाको लागि दरखास्त आह्वान भएको छ । सामान्य प्रशासन १४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

विज्ञापनमा विभिन्न पदका लागि फरकफरक परीक्षा दस्तुर तोकिएको छ । अबको २१ दिनसम्म अर्थात् कात्तिक १८ गतेसम्म जागिरका लागि दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुरमा कात्तिक २६ सम्म दरखास्त बुझाउन सकिनेछ ।

पूरा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् । www.gorkhapatraonline.com

यमपञ्चकमा राशिअनुसार यस्ता वस्तु किन्नुहोस्, भाग्यवृद्धि हुनेछ !!

सुनचाँदीको भाउ यति छ आज…

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार