भदौ २०, काठमाडौं । सोमबार राती मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै को ७ प २५५९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मोरङ कानेपोखरी गाउँपालिका–२ का ३० वर्षीय अम्बिका कोइराला, २८ वर्षीया सम्झना कोइराला, दुई वर्षीय असन कोइराला र धनकुटा राजारानी–६ बस्ने ४४ वर्षीय रुद्र लिम्बू घाइते भएको प्रहरीले जनाएको छ ।घाइते सबैको अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बेलबारीले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार