हो!!
आजपनी ऊ त्यही गल्लीमा हिड्दैछ,
दुब्लो ऊ,
ख्याउटे ऊ,
कपाल सेतै भैसकेको बृद्द उ,
तर ऊ हिँडीरहेको छ
थाप्लोमा वास्तबिकताको नाम्लो अड्याएर,
जस्को यात्रा गन्तब्य बिहीन छ र थोरै अर्थमा सीमीत छ!!

प्रेम लाई प्राप्ती सम्म पुर्याऊन हिँडेको ऊ,
तर त्यो प्रेम ऊस्को हुँदै होईन!
यो त,
भोकको भोजन सम्म को प्रेम,
देहको कात्रो सम्म को प्रेम,

दिन देखी रात सम्मको प्रेम र
शरीर को सास सम्मको प्रेम!!

बिहानै देखी पथ्थर बोकी हिँडेको ऊ
जस्लाई,
न ऊ भोक लाग्दा खान सक्छ,
न त घामले पोल्दा अोड्न नै!!
र त ऊ बिसाउन चाहान्छ त्यो भारी सँधै सँधैको लागी,
अनी,
आन्नदले निदाऊन चहान्छ त्यो बिछ्याऊनामा
जस्लाई यो समाजले चित्ता भन्ने गर्छ!!!!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार