हामी मा गरिबीको कारणले उब्जाएका कयौं समस्या हरु तैछाड र मैछाड गर्दै अगाडि बढ्न थाल्यो त्यहिबेला हाम्रो मायाको चिनो छोरा को आगमन हामिमा खुशिले सिमा नाग्यो । तर खुसी सङै समस्याको नि सिमा नाध्दै थियो तेहि माथि छोरा प्रतिको उत्तरदायित्व … यतिकैमा मन कट्क्क पार्दै साहुसंग कर्जा लिएर ती तछाड मछाड गरेको अनगिन्ती समस्यालाई सधैको लागि उतै छाडी आउने भन्दै ति गरिबि भन्ने चिज लिएर मुगलान जानू भयो हजारौ स्वर्णिम सपना बोकेर तर ………..!

उहाँ त गएको ४ महिनमै निष्ठुरी भगवान ले हामिबाट खोसेर आफ्नो प्यारो बनाइ सकेछ आकाश खसे जस्तो लाग्यो धर्ती भासिए जस्तो लाग्यो । अनि यो सन्सार सागुँरिए जस्तो लाग्यो, हरेक सपना खरानि भयो …..अनि सपनना हरु को सट्टा साहु हरु घरको ढोकामा हरेक दिन भोकाएका सिंह जस्तै गर्जिन थाले …..अनि म मेरो सानो ८ महिनाको बच्चा काखी च्यापेर मौन भएर बसिरहे किन कि यो मेरो बाध्यता अनि बिवसता अनि सोच्थे भगवान त निष्ठुरी भए यी त झन मान्छे हुन । तर म मा कुनै बिकल्प थियन साहुलाई कर्जा फिर्ता दिन मानव को पो मन हुन्छ ।
तर दानव को स्वार्थ हरेक दिन साहु कर्जा माग्ने बाहाना मा मेरो १९ बर्षे योबन को हरेक अंग अंगमा योबनको प्यासले तृप्त हुँदै चारै तिर गिद्धेनजर घुमाइ भोकाएका सिंह जस्तो खाउला झै गरेर गेर्थे । म न्याउरो पर्दै शिर तल झुकाई औलाहरुले माटो कोट्याउदै बस्न बाध्य हुन्थे किन कि म संग अरु कुनै बिकल्प पनि त थिएन कति निष्ठुरी छ भगवान खुसी लुट्यो श्रीमान लुट्यो…..! अब यी राक्षस हरुले मेरो अस्मिता पनि लुट्ला भने भयावह हुन थाल्यो । यतिकैमा साहु आएर कर्जा फिर्ता गर नत्र घर जिम्मा लगा हैन भने हरेक रात तेरो अस्मिता मलाई जिम्मा लगा भन्न थाल्यो म बिवस भए जाउ कता जाउ ८ महिनाको छोरा कर्जा फिर्ता गरौ त सम्भव छैन यतिकै मा म बाध्य भए ……!

आफ्नो ८ महिनाको बच्चा लाई स्तनपान गरेर सुताई म केबल ढोका बाट दुइ पाइला मात्र निस्केको थिए ठुला ठुला पानी पर्न थाल्यो आकाश गड्गडाउन थाल्यो ……. चट्यान ले कान फुट्ला जस्तो भयो । यतिकै मा बच्चा चिच्याउदै च्यार रुनथाल्यो फरक्क फर्किए , अनि आखाभरी आँसु बनाउदै सुम्सुम्याए उता बाट ती दानव हरु बोलाउँन छाडेका छैनन । बच्चा सुत्यो म बिस्तारै ढोका बाट बाहिर निस्किए ,अनि फेरि बच्चातिर पुलुक्क हेरेर आँखा भरी बलिन्द्र आँसु बगाउदै ढक्क ढोका तानेर लागे ती नरपिसाच दानबको यौन तृप्ती प्यास मेटाउन ।
उस्को ढोका ढक..ढक गरे उनी भोकाएका सिंह जस्तै हेराइले ढोका खोल्यो ,अनि म सिर निहुराउँदै भित्र पसे ,उस्ले ढोला लगायो । म मौन भएर बसे उ मेरो शरिरको हरेक अंग अंग मा नाप्दै रमाउन ब्यस्त हुनथाल्यो अनि युद्धभुमिको फौजी जस्तै जोस जागर ले मेरो हरेक

अंगलाई स्पर्श गर्दै रणभुमिको मैदानमा जस्तै रमाइरह्यो अनि बिचरा म बाध्यता त बिवस्ता लाई सम्झेर आँखाभरी आँसु बगाई मौन भै आफ्नो अस्मिता सुम्पिन बाध्य भैरहे …….! उस्ले आफुमा भएको भएभरको जवानी बल म माथी खन्याइरहयो । अनि म चाहि केबल आँसु पुछ्दै मेरो बच्चा रोएको सम्झिरहे बल्ल ती भोकाएका नरभक्षी सिंह जस्ता दानव रुपि राक्षसको भोक पूरा भएछ अनि थाक्दै भोलि पनि आउ है भन्दै मलाइ बिदा दियो । म रोए कराए चिच्याए अनि भगवान लाई गाली गरे तैले त बुझिनस यो त राक्षस न हो यस्ले त के बुझ्छ झन भन्दै अनि ममताको माया न हो ।

म आधिरातको त्यो सुनसान रातमा मेरो बच्चा केही भयो होला भन्दै रुदै घर दगुरे बिस्तारै ढोका खोले अनि दगुर्दै मेरो बच्चालाई अंगालो हालेर डाको छाडेर घुक धुक गर्दै रुए बच्चा रुँदा रुँदा आँसु सुकेर सुक -सुक मात्र गर्ने भएको रहेछ । यहि थ्यो मेरो बाध्यता अनि बिवसता यो समाज अनि भगवानले ठगेको बिधुवा प्रतिको अवसरबादी हरुको सोच कहिले होला फेरिने ……।

अन्त म यो भन्न चाहन्छु हरेकलाई जिउने आशामा यसरी अरुको कटपुतली हुन न परोस !

रन्जित-अबिरल-मगर (हाल युएईमा)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार