बिउँझिएका सपनाहरू को भिड मा
त्यो कोठा
अझै निदाइरहेकै थियो,
चाहानाहरु को मसानघाट भित्र
त्यो कोठा
हराइरहेको थियो।।

 

रित्तिएका बट्टाहरु,
मैलो सट,
खुइलिएको पर्दा,
च्यात्तिएको तन्ना,
र!!
सायद सुर्यको प्रकाश् नछिरेको
त्यो अँध्यारो कोठा
एक मानुस
कागज र कलम सङ खेल्दै थियो,
सपनाका मैनबत्ती हरु अक्षर द्वारा पेल्दै थियो।।

को हो त्यो मानव आकृति दिल
दिमाग दोन्द गर्यो,
जो शब्द सङ सपनाको ब्यापार गर्दैछ,
अभाव सँग खेल्दै येहा अपार गर्दै छ!!
घुइरो घुइरो सुन्यो मन ले लेखक अरे त्यो,
समयलाई परै देख्ने देखक अरे त्यो!!

आफू खुइलिएकै भएपनी दुनियाँ रंगिन देखाइदिन्छ,
आसुको घुड्को पिउछ अनि हास्छु भनी लेखाइदिन्छ!!
अभाव नै किन नहोस
भरिपूर्णता को मनन गर्ने,
सपनाको उचाई मा पुग्दा पनि
वास्तविकता बर्णन गर्ने!!

अरे लेखक तिमिलाइ
हृदय देखि
नमन!!!!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार