व्यवहारमै शुद्ध हुन्छन् राम्रो विचार पोख्नेहरु,

स्वार्थी हुन्छन् विश्वासका तराजुमा जोख्नेहरु !!

चार वर्ण छत्तीस जातको साझा फूलबारीमा
लाउँदै छन् रे गिद्धेदृष्टि हिंसाको बीउ बोक्नेहरु !!

सल्बलाउँदै छन् रे हिजोआज गाउँ टोल छिमेकमा
दुखी गरिबको आङमा टेक्दै आदर्शको पाठ घोक्नेहरु !!

यस्तै सञ्जाल पुग्या’छन् रे मेरो देशको उच्च पदमा
आदर्शको खोल ओढी विद्रोहको भाषण ठोक्नेहरु !!

सबै देख्छु आफ्नै हितमा, नीति नियम तोक्नेहरु
कहिले पाउला हाम्रो देशले भ्रष्टमति रोक्नेहरु !!

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार