एजेन्सी । हिन्दु महिलाको महान चाड हरितालिका तीजमा वर्तको आफ्नै महत्व छ । तीजमा विवाहित महिलाले आफ्ना श्रीमानको सुस्वास्थ्य र दीर्घायूको कामना गरी निराहार वर्त बस्ने गर्छन् । यस वर्ष तीजको वर्त बस्ने दिन भदौ १६ गते अर्थात् भोली परेको छ । तीजमा वर्त बस्ने क्रममा महिलाले के गर्ने/के नगर्ने भनेर हिन्दुशास्त्रमा उल्लेख गरिएको छ । त्यसैले तीजमा वर्तालुले निकै ख्याल गर्नुपर्छ । हिन्दु धर्ममा विशेषगरी निम्न ५ कुरालाई ख्याल गर्नुपर्ने भनिएको छ ।

१. दूध नखानुहोस्: तीजको बेलामा वर्त बस्दा दूध पिउने कार्यलाई त्यति राम्रो मानिदैन वा दूध पिउने कार्य अशुभ मानिन्छ । हिन्दु धर्म अनुसार यदि महिलाले वर्त बस्दा दूध खाएमा अर्को जुनीमा सर्पको रुपमा पुनर्जन्म लिनुपर्ने भनेर उल्लेख गरिएको छ ।

२. नरिसाउनुहोस्: हरितालिका तीजमा व्रत बस्ने महिला रिसाउनु हुँदैन । वर्तमा रिसाउने कार्यलाई शुभ मानिदैनन् । महिलाले वर्तका दिन भगवान शिव र देवी पार्वतीलाई मन देखिनै आराधना गर्दा मनमा रिस पैदा हुँदैन ।

३. रातभर जागाराम बस्नुहोस् : वर्तालु महिलाले रातभर जागाराम बसेर भगवान शिवको आराधना गर्नुपर्ने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । त्यसैले वर्तको दिनमा निदाउने कार्य अशुभ नै मानिन्छ ।

४. निराहार वर्त बस्नुहोस्: हरितालिका तीजमा वर्तालु महिलाले निराहार वर्त बस्नुपर्ने भनेर शास्त्रमा उल्लेख गरिएको छ । वर्तको दिनमा खाद्यान्न मात्रै होइन, पानी समेत पिउन नहुने भन्ने प्रचलन छ । त्यसैले वर्तका दिनमा पानी नपिउनु नै राम्रो हुने शास्त्रमा उल्लेख छ ।

५. मासु र मदिराबाट टाढै बस्नुहोस्: वर्त नबस्ने महिलाले मासु वा मदिरा सेवन गर्नु हुँदैन ।एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार