एजेन्सी । यदि तपाईंको बिहे हुन लागेको छ भने आफ्नो बैवाहिक जीवनलाई सुखमय बनाउनको लागि केही कुराको ख्याल राख्नु आवश्यक हुन्छ । बिहेको पहिलो रात जुनबेला एक अर्काको बारेका जान्ने मौका मिल्छ र त्यहीँबाट तपाईंको जीवनको एक नयाँ अध्याय सुरु हुन्छ ।यस्तोमा यो जान्न धेरै जरुरी हुन्छ कि बिहेको पहिलो रात कस्ता कुराहरु गर्नु राम्रो हुन्छ र कस्ता कुराहरुले तपाईंको त्यो पललाई बिगारिदिन सक्छ । कोही पनि चाहानुहुन्न कि बिहेको पहिलो रातमा नै तपाईंको सम्बन्ध बिग्रियोस् । पढ्नुहोस् बिहेको पहिलो रात भुलेर पनि गर्ननहुने गल्तिहरु ।

१.अतीतको बारेका कुरा नगर्नुहोस्ः पहिलो रात अतीतको कुरा गर्दा तपार्इंको सम्बन्धको अन्त्य हुनसक्छ । यदि तपाईंको पार्टनरले बितेको जिन्दगाीको बारेमा कुरा गर्न खोजे पनि तपाईं त्यसलाई टालीदिनुस् ।

२.एकअर्काको परिवारको कमीकमजोरीलाई नऔँल्याउनुहोस्ः पहिलो रात परिवारको बारेमा कुरा नगर्नुहोस् ।यसले गर्दा तपाईंको जीवनसाथीलाई गलत इमप्रेशन पर्नसक्छ । हुनसक्छ कि तपाईंको पार्टनरले परिवारलाई लिएर तपाईंको बारेका गलत बुझ्न सक्छन् ।

३.रोमाञ्स गर्न हतार नगर्नुहोस्ः बिहेको पहिलो रात भनेको एक अर्कालाई बुझ्ने र जान्ने रात हुन्छ । यस्तोमा शारीरिक सम्बन्ध राख्न हतार गर्नु ठँक हुँदैन । तपाईंको पार्टनरको सहमति पनि ध्यान राख्नुहोस् ।

४.पार्टनरमा कमी नदेखाउनुहोस्ः यो कुरा याद गर्नुहोस् कि कुनै पनि व्यक्ति परफेक्ट हुँदैनन् । त्यसैले तपार्इंंको साथीमा सबैकुराको खुबी हुनु जरुरी छैन । बिहेको पहिलो रात पार्टनरको कमीकमजोरी देखाएमा सम्बन्ध बिग्रन सक्छ । पहिलो रात कमिकमजोरीको कुरा गर्नुभयो भने पार्टनरको मनमा तपाईंको लागि राम्रो भावना बस्दैन ।

५.आफ्नो मात्र कुरा नसुनाउनुहोस्ः तपाईंलाई धेरै बोल्न आउँछ र बोल्न मनपर्छ भन्दैमा बिहेको पहिलो रात तपाईंमात्र नबोल्नुहोस्, पार्टनरको कुरा पनि सुन्नुहोस् । यसो गर्दा तपाईंको पार्टनरलाई राम्रो लाग्नेछ र आफुलाई सम्मानित महसुस गर्नेछन् ।

यो पनि पढ्नुहोस्…यी हुन् महिलालाई आकर्षित गर्ने पुरुषका पाँच अंगहरु :- यदि तपाई पुरुष हुनुहुन्छ र कुनै महिलालाई आफुतर्फ आकर्षित गर्न चाहनुहुन्छ भने आफ्ना शरीरका केही अंगहरुको भरपूर प्रयोग गर्न सक्नुहुन्छ । मनोविज्ञान चिकित्साले पुरुषका विशेष ५ अंगहरुमा महिलाहरु बढी आकर्षित हुने बताउँछ ।चौडा छातीले शरीरलाई पुष्ठ र बलियो देखाउँछ । यस्ता कद काठी भएका पुरुषहरुप्रति महिलाहरु विशेष आर्कषित हुन्छन् । जुन पुरुषको छाती चौडा हुन्छ त्यस्ता पुरुषहरुलाई सधै महिलाले मनपराउँछन् ।धेरैले पुरुषहरु महिलाको सुन्दर ओठप्रति आकर्षित हुने मात्र सुनेका छन् । तर यसको विपरित धेरै महिलाहरु पुरुषको पनि सुन्दर ओठप्रति आकर्षित हुन्छ । सुन्दर ओठ महिलालाई आकर्षित गर्ने पुरुषको बलियो हतियार हो ।

काँध पुरुषको त्यो अंग हो जसलाई प्रत्येक महिलाले सबैभन्दा पहिले नोटिस गर्छन् । पुरुषको गोलो चौडा काँधले महिलालाई विशेष आकर्षित गर्छ ।चाहे पुरुष होस् या महिला सुन्दर आँखाप्रति सबै आकर्षित हुन्छन् । पुरुषका सुन्दर आँखाले महिलाहरुलाई आकर्षित गर्ने काम गर्छ साथै उनीहरुको भित्री भावलाई बुझ्न पनि महिलाहरुले आँखालाई विशेष नोटिस गर्छन् ।कम्मर पनि महिलालाई आकर्षित गर्ने पुरुषको एउटा प्रमुख अंग हो । पुरुषका अंग्रेजी ‘भी’ सेपका कम्मर महिलाहरुलाई एकदमै मनपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार