एजेन्सी । हरेक व्यक्ति सफल हुनको लागि धेरै नै मिहिनेत गर्छन् । तर धेरै कम मानिसले मात्रा सफलता पाउँछन् । ज्योतिषशास्त्रको कुरा मान्ने हो भने सफलताको पछि मानिसको भाग्यको योगदान पनि हुन्छ । यदि राशिको हिसाबले हेर्ने हो भने तीन यस्ता राशि छन् जसका व्यक्तिहरुलाई सधैँ सफलता मिल्छ । कुन हुन् त ति तीन राशि ?तल पढ्नुहोस्ः

मेष राशि: सबै राशिमध्ये सबैभन्दा पहिला नम्बर १ मा यो राशि आउँछ । ज्योतिषको कुरा मान्ने हो भने मेष राशि भएको व्यक्तिमा नेतृत्वको क्षमता एकदमै राम्रो हुन्छ । यसका साथै मेष राशि भएकाहरुको दिमाग पनि धेरै नै तेजिलो हुन्छ र यीनीहरु कन्फिडेन्ट पनि हुन्छन् जसले गर्दा सधैँ सफलता पाउँछन् ।

धनु राशि:यी तीन राशिमध्येको एक धनु राशि पनि हो । धनु राशिका व्यक्तिहरु धेरै नै मिहिनेती हुन्छन् र यसको साथै यीनीहरुको स्वभाव पनि क्रान्तिकारी हुन्छ जसले यीनीहरुलाई अरु व्यक्तिहरुको तुलनामा ज्यादा सफत बनाउँछ ।

मकर राशि: ज्योतिषका अनुसार मकर राशिका व्यक्तिहरु आफ्नो करियरमा धेरै नै सफल हुन्छन् । यीनीहरुलाई जीवनमा कहिल्यै पनि पैसाको अभाव हुँदैन । मकर राशिका व्यक्तिको पारिवारिक जीवन पनि धेरै नै सफल मानिन्छ ।

यो पनि पढ्नुहोस्…हातमा यस्तो चिह्न भएका व्यक्ति हुन्छन् सबैभन्दा भाग्यमानी !
हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन् । ‘हस्तरेखा शास्त्र’का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविश्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ । हातका रेखाहरु व्यक्तिले गर्ने राम्रा नराम्रा कामले हरेक पल बदलिरहन्छन् । तर, हस्तरेखाको माध्यमबाट भविश्यका संकेतबारे अनुमान लगाउन सकिन्छ, जसलाई हामीले नकार्न सकिन्न ।हस्तरेखाको अध्ययनबाट हाम्रो व्यक्तिगत स्वभावको बारेमा जान्न सकिन्छ । हामीमा कस्तो स्वभाव छ, के कुरा मन पर्छ, हामीलाई कस्ता मानिसहरु मन पर्छन्, यी सबै जानकारी हस्तरेखाबाट पाउन सकिन्छ । हस्तरेखाको अध्ययनबाट हामीले अन्य धेरै कुरा पनि जान्नसक्छौं, जो हाम्रो सामान्य जानकारीभन्दा धेरै हुन्छ । एक असल हस्तरेखा शास्त्रीले हामीलाई यसबारे जानकारी दिन सक्छ ।

हातमा खास अक्षर – खासमा हाम्रो हातको रेखामा एक खास अक्षर पनि लुकेको हुन्छ । यो अंग्रेजी अक्षर ‘एम’ हो । यदी कुनै व्यक्तिको हातको रेखालाई जोडेर यो अक्षर बन्छ भने ती व्यक्तिहरु धेरै भाग्मानी हुने मानिन्छ ।यस्ता व्यक्तिलाई ‘भगवानको सन्तान’ पनि भन्ने गरिन्छ । शास्त्रअनुसार त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ । जो व्यक्तिको हातको रेखाबाट ‘एम’ अक्षर बन्छ, यस्ता व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन् । यीनिहरु जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन् । साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन् । यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरुमा पनि त्यसको सकरात्मक असर पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार