आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्दत गर्छ । जयपुरको नेशनल इन्स्टिच्युट अफ आयुर्वेदका विज्ञ डा. गोबिन्द पारिकका अनुसार दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ । यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ ।

दैनिक मनतातो पानी विहान खाली पेटमा पिउँदाता केही फाइदाहरु यहाँ उल्लेखित छन् – दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ । दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ । मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ । नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ । दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ । यसले कब्जियत हुनबाटसमेत जोगाउँछ ।मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ ।

यो पनि पढ्नुहोस.. ल्वाङवाला चिया बढी फाइदाजनक –अदुवा र अलैँची चियाभन्दा पनि ल्वाङवाला चिया बढी फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ ।ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ ।एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ । हाडको दुखाइको समस्या भएका मानिसले ल्वाङ चिया पिएमा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्याउँछ ।एसिडिटीका कारण पेट दुख्ने, पोल्नेजस्ता समस्या हुन्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ । दाँतको दुखाइ भएकाले पनि ल्वाङको चिया सेवन गर्दा राम्रो हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार