एजेन्सी । मानिसको चालचलन लगायत अन्य गतिविधिहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हरन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न श्रोतबाट जानकारीहरु लिएका छौ :

आइतबार: आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

सोमबार: सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ । तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ । सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार: मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार: बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । तपाईलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ । तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।

बिहिबार: बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ । बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रबार: शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । तपाईहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ । तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ । तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ । तपाईसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न । तपाईले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिबार: शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ । तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । तपाई पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न। तपाई जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ । तपाई कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न । तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

 

पूर्वेलीन्यूजबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार