एजेन्सी। कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ:

वृश्चिक: वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ ।सिंह: सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।वृष: धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।कर्कट: कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् । यो पनि पढ्नुहोस्….

यी हुन् जल तत्वका राशिहरु, यस्तो हुन्छ भविष्य र आचरण… ज्योतिषशास्त्रमा पाँच तत्वको बारेमा अध्ययन गरिन्छ । यसै क्रममा राशिहरुलाई पनि चार तत्वमा बाँडिएको छ । जल, पृथ्वी, अग्नि र वायु । आकाश तत्वको कुनै पनि राशि छैनन् तर यसलाई कुम्भ राशिको नजिकको मानिन्छ । जल तत्वका तीन राशिहरु छन् कर्कट, वृश्चिक र मीन । यी राशिहरु जलको स्वभावका हुन्छन् र चन्द्रमाको यिनीहरुसँग गहिरो सम्बन्ध हुन्छ । यी राशिहरु ज्ञान, कल्पना र उदारताका राशि मानिन्छन् । पढ्नुहोस् कस्ता हुन्छन् यी राशिः

कर्कट राशि: कर्कट राशिको स्वामी स्वयं चन्द्रमा हो । यो निकै नै सुन्दर र चञ्चल राशि हो । यस राशिमा कल्पना, सौन्दर्य, दया र ज्ञान पाइन्छ । भावुक हुनु नै यस राशिको सबैभन्दन ठूलो समस्या हो । यस राशिमा वैवाहिक र प्रेम जीवन प्राय त्यति राम्रो हुँदैन । यिनीहरुले ज्योतिषसँग सल्लाह लिगेर एक ओपल वा मोती धारण गर्दा राम्रो हुन्छ । यिनीहरुले भगवान शिवको उपासना गर्दा राम्रो हुन्छ ।

वृश्चिक राशि: यस राशिको स्वामी मंगल हो । यो राशिमा चन्द्रमा धेरैनै कमजोर हुन्छ । यस राशि भएकाहरुमा कला, लेखन, शिक्षा र राजनीतिको गुण हुन्छ । यस राशिका व्यक्ति राम्रो डाक्टर पनि हुन्छन् । यस राशिकाहरुलाई प्राय आमाको सुख मिल्दैन । तर यिनीहरुलाई राम्रो जीवनसाथी मिल्छ । प्रतिशोधात्मक प्रवृत्ति हुनु नै यिनीहरुको सबैभन्दा ठूलो कमजोरी हो । यिनीहरुले ज्योतिषको सल्लाह लिगेर एक मूंगा वा माणिक धारण गर्दा राम्रो हुन्छ । यिनीहरुले भगवान शिवको आरधना गर्नुपर्छ ।

मीन राशि: यस राशिको स्वामी बृहस्पति हो । यस राशिमा चन्द्रमा एकदमै सन्तुलित हुन्छ । यस राशिसँग ज्ञान, ग्यामर कला र शिक्षाको गुण हुन्छ । यिनीहरु प्राय युवाअवस्थामा बाटो बिराउने हुन्छन् । तर पछि सही दिशा पाएपछि धेरै नै प्रगति गर्छन् । सबै चिजलाई परफेक्ट चाहनु नै यिनीहरुको सबैभन्दा ठूलो समस्या हो । यिनीहरुले ज्योतिषको सल्लाहमा एक मोती वा पन्ना धारण गर्दा राम्रो हुन्छ । यिनीहरुले भगवान शिवको आरधना गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार