एजेन्सी । पसिना गनाउने समस्या धेरैलाई हुनसक्छ । यस समस्याले कतिपय स्थितिमा अप्ठ्यारोमा समेत पार्नसक्छ । कसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गनाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन । उनीहरूलाई लाजमर्दो स्थिति आउँछ । अनेक सेन्ट र पर्फ्युम लगाएपनि उनीहरूको पसिना गनाउन छोड्दैन । तपाईंलाई पनि यो समस्या छ भने आफ्नो खानपिनमा ध्यान दिनुहोला ।

तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि बुर्काउली, बन्दा र काउली पनि कमै खाएको राम्रो । जाँड खानुहुन्छ भने पसिना गनाउने यो पनि एक कारण हुन सक्छ । जाँड पिएको एक दिनभरि तपाईंको शरीर गनाउँछ ।कसैको चाहिँ चुइंगम चपाउँने बानी हुन्छ । यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिभ्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ । पसिना गनाउँछ भने धेरै फलफूल खान थाल्नुस् । अनि पानी पनि टन्न पिउनुस् र मसला हालेको खानेकुरा नखानुस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार