एजेन्सी । वास्तुशास्त्रले मानव जीवनको बारेमा धेरै कुरा बताएको पाइन्छ । वास्तुशास्त्रमा कसरी र के गर्दा जीवनमा राम्रो हुन्छ र के ले जीवनमा नराम्रो गराउँछ प्रस्टाइएको हुन्छ । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि यसमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका उपाय अपनाएमा तपाईंको पनि भाग्य चम्किन्छ ।

बस्ने घरको पर्खालः घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ ।जमिनः घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

रुखः घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् ।खालि ठाउँः घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

भण्डार कक्षः भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ । सफाइः घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

चराहरूलाई दानापानीः घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ ।
घरको रंगः घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार