एजेन्सी ।  ज्योतिषी शास्त्रका अनुसार, व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। हप्ताको सात दिनका कारक ग्रहहरू भिन्दाभिन्दै हुन्छन्। आइतबारको कारक ग्रह सूर्य हो अनि सोमबारको चन्द्र, मङ्गलबारको मङ्गल, बुधबारको बुध, विहिबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो। त्यसैले जान्नुहोस्, तपाईँको जन्मबारको अनुसार तपाईँको र तपाईँको साथीभाइको स्वभावको बारेमा केहि कुराहरूः

आइतबार जन्मने व्यक्तिः आइतबार जन्मने व्यक्ति भाग्यमानी हुन्छन्, आयु लामो हुन्छ, कम बोल्छन्, कलाकार हुन्छन्, मान सम्मान मिल्छ, धर्ममा रूची राख्छन्, सबैलाई खुसी राख्छन् । आइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलार्ई जल चढाउदा फललायी हुन्छ ।

सोमबार जन्मने व्यक्तिः सोमबार जन्मने व्यक्ति मिजासिलो हुन्छन्, मिठो बोल्छन्, बहादुर हुुन्छन्, कफ रोगबाट ग्रसित, सबै सुविधाबाट सम्पन्न, कलाकार हुन्छन्, मिहीनेती हुन्छन् । सोमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालाई जल चढाउदा फलदायी हुन्छ ।

मंगलबार जन्मने व्यक्तिः मंगलबार जन्मने व्यक्ति उग्र स्वभावका हुन्छन्, विबादमा फस्छन्, छालाको रोगबाट ग्रसित, बहादुर हुन्छन्, रचनात्मक हुन्छन्, तनाव महशुस गर्छन्, राम्रो नेतृत्व गर्न सक्छन् । मंगलबार जन्मिने व्यक्तिले दैनिक गणेशको पुजा गर्दा फलदायी हुन्छ ।

बुधबार जन्मने व्यक्तिः बुधबार जन्मने व्यक्ति, धार्मिक हुन्छन्, दिमागमा तेज हुन्छ, मिठो बोल्ने हुन्छन्, बुद्दिको कामबाट लाभ, लापरबाही गर्ने हुुन्छन्, अरूलाई लोभ्याउँछन्, बहुमुखी प्रतिभाशाली हुन्छन् । बुधबार जन्मिने व्यक्तिले दैनिक कृष्णको पुजा गर्दा फललायी हुन्छ ।

बिहिबार जन्मने व्यक्तिः बिहिबार जन्मने व्यक्ति बुद्दिमानी हुन्छन्, धेरै डराउने हुन्छन्, असल मित्र हुन्छन्, भाग्यशाली हुन्छन्, कुनै कुरामा कट्टर हुन्छन्, सँधै खुसी हुन्छन्, असाधारण व्यक्तित्वको धनी हुन्छन् । बिहिबार जन्मिने व्यक्तिले दैनिक बिष्णुको पुजा गर्दा फललायी हुन्छ ।

शुक्रबार जन्मने व्यक्तिः शुक्रबार जन्मने व्यक्ति, राम्रो प्रवक्ता हुन्छन्, सहनशील हुन्छन्, मुश्किलदेखी डराउँछन्, करियरमा सफल हुन्छन्, बुद्दिमानी हुन्छन्, समाजमा प्रतिष्ठित हुन्छन् । शुक्रबार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिको पुजा गर्दा फललायी हुन्छ ।

शनिबार जन्मने व्यक्तिः शनिबार जन्मने व्यक्तिले कृषी व्यापारबाट लाभ पाउँछन्, रचनात्मक काममा रूचि, तनाबबाट ग्रसित, मित्रतामा सावधान, घरपरिवारमा सुख, अरूको इष्रर्या गर्ने हुन्छन्, जोखिम देखी डराउँछन् । शनिबार जन्मिने व्यक्तिले दैनिक शनिको पुजा गर्दा फललायी हुन्छ ।

यो पनि पढ्नुहोस्…..ॐ० उच्चारणले स्वास्थ्यमा यस्तो फाइदा…

ॐ० शब्द बिना कसैको घरको पूजा पूरा नहुने रहेका छन् । यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो ।आसनपछि हल्का भएको अनुभूति गर्न आवश्यक हुन्छ । त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास छोड्दा ॐ को लामो उच्चारण गर्नुपर्छ । यस्तो प्रक्रिया पटक–पटक दोहोर्‍याउनुपर्छ । यसैलाई नै प्राणायाम भनिन्छ ।

परिस्थितिअनुसार कम्तीमा पाँच मिनेट यस्तो प्राणायाम गर्दा हुन्छ । प्राणायामको समय जति लम्ब्यायो, शरीरलाई त्यति नै बढी फाइदा पुग्छ ।यस्तो प्राणायामले सबै प्रकृतिका मानसिक समस्यालाई समाधान गर्छ । यसले एकाग्रता र स्मरण शक्ति वृद्धि गर्छ । शरीरमा स्फूर्ति बढाउने काम गर्छ । उच्च रक्तचापका भएका बिरामीले यस्तो प्राणायाम गर्दा स्वास्थ्यमा एकदम आराम मिल्ने काम गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार