यमपञ्चकमा केहि न केहि नयाँ वस्तु किनेर घरमा भित्र्त्राउनाले शुभफल मिल्ने मान्यता रहेको छ । नजिकिँदै गरेको हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारमा अर्थात् यमपञ्चकमा राशिअनुसार यस्तो वस्तु किन्नुहोस् तपाईको सौभाग्यमा वृद्धि हुनेछ ।

मेष
मेष राशि भएकाहरुले चाँदीको भाँडा र इलेक्ट्रोनिक सामान किन्दा शुभफल मिल्नेछ ।

वृष
वृष राशिका व्यक्तिले कपडा, चाँदी वा तामाको भाँडा र चाँदीको कलश किन्नु शुभफल मिल्नेछ ।

मिथुन
मिथुन राशिका व्यक्तिले सुनका गरगहना ,स्टीलका भाँडा र हरियो रंगको सर सामानहरु किन्दा शुभफल मिल्नेछ ।

कर्कट
कर्कट राशि भएकाहरुले चाँदीको गरगहना वा भाँडा र घरेलू इलेक्ट्र्रोनिक सामान किन्दा शुभ हुनेछ ।

सिंह
सिंह राशिका मानिसहरुले तामाको भाँडा या कलश अथवा कपडा वा सुन किन्दा शुभ हुनेछ ।

कन्या
कन्या राशिका व्यक्तिले गणेशको मूर्ति या सुनचाँदीका गरगहना वा कलश किन्दा शुभफल मिल्नेछ ।

तुला
तुला राशिहरुले कपडा, सौन्दर्यको सामान वा सजावटका सामान, चाँदी वा स्टीलका भाँडा किन्नु शुभ हुनेछ ।

वृश्चिक
वृश्चिक राशिले इलेक्ट्रोनिक सामान, सुनका गरगहना वा कुनै भाँडा किन्दा शुभ हुनेछ ।

धनु
धनु राशिले सुनका गरगहना र तामाका भाँडा किन्दा शुभ हुनेछ ।

मकर
मकर राशि भएकाहरुले कपडा, सवारी साधन, चाँदीका भाँडा वा गरगहना किन्दा शुभ हुनेछ ।

कुम्भ
कुम्भ राशिले सौन्दर्यको सामान, सुन, तामाका भाँडा वा जुत्ता, चप्पल किन्दा शुभफल मिल्नेछ ।

मीन
मीन राशिले सुनको गरगहना, चाँदीका भाँडा वा इलेक्ट्रोनिक सामान किन्नु फलदायी हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार