साउन २०, जापान । जापानको एक भिडियो गेम कम्पनी लेबल–५ ले एक रोचक नक्कली ब्वाइफ्रेन्ड तयार पारेको छ । खासगरी एक्लोपनबाट दिक्क हुने महिला तथा युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार पारिएको कम्पनीले जनाएको छ । जसको साथमा उनीहरु अंकमाल गर्दै तनाब भगाउन सक्ने बताइएको छ । साथै उनीहरु ती ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्छन् । जस्तो कि, थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमै । यस्तो नयाँ प्रविधिको नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ दिइएको छ । रोचक त के भने, यस्तो ब्वाइफ्रेन्डलाई अंकमाल गरेपछि आफैँ संगीत बज्छ ।

यो पनि पढ्नुहोस..एनआरएनए जापानको नेतृत्वका लागि प्रतिस्पर्धा….गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धीहरुबीच दौडधुप चलेको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनाव आगामी सेप्टेम्बर ८ तारिखमा सम्पन्न हुदैछ । गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको अध्यक्षयका लागि चारजनाले उम्मेद्वारीको घोषणा गरिसकेका छन् । अध्यक्षमा दाबी गर्नेमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामा, वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिवप्रसाद पौडेल तथा आईसीसी सदस्य दिनेश गुरुङ रहेका छन् । अहिले विभिन्न पदमा दाबी गर्ने प्रतिस्पर्धीहरु निर्वाचनको प्रचारप्रसार तथा गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्छन् ।

बर्तमान कार्यकालमा आफुले धेरै काम गर्न सफल भएको र (एनआरएनए) जापानलाई अझै प्रभावकारी बनाउन आफुले पुनः उम्मेद्वारी दोहो¥याएको वर्तमान अध्यक्ष टासी वाङ्दी लामा बताउँछन् । लामाकै कार्यकालमा नेपालबाट जापान आएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुका साथै एनआरएनए जापान ०१७-०१९ कार्यसमितिले आफ्नो कार्यालय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने योजना रहेको बताए । यदि लामाको कार्यकाल नदोहो¥याए करिब ४० लाख बराबारको मासीक छात्रवृति योजना छुटीएलाकी भन्ने चिन्तीत रहेको बताउछन । अध्यक्षका अर्का प्रत्यासी देवीलाल भण्डारीले आफ्नो पहिलो प्राथमिकता भनेको प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने बताए । उनले प्रवासी नेपालीप्रति सरकारको ध्यान न्यून गएको तथा सरकार र प्रवासीबीचको निकटता घनिष्ट बनाउनका लागि सधै लडिरहने बताए । कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधा र अड्चनहरुमा एनआरएन जापानले अझ गम्भीरता पूर्वक कार्य गर्ने भण्डारी बताउँछन् । जापानमा रहेका नेपाली प्रवासीले उनलाई एक सामाजिक अभियन्ता नै मान्ने गर्दछन् । उनी कार्यसमिति सदस्य हुँदे वरिष्ठ उपाध्यक्षसम्म बन्न सफल भएका थिए । आगामी निर्वाचनमा पनि भण्डारी अध्यक्षको बलियो दाबेदार मानिन्छन् ।

त्यस्तै अर्का आकांक्षी शिव प्रसाद पौडेलले विदेशी सीप र प्रविधि स्वदेशमा भित्र्याउन आफु उन्मुख हुने प्रतिबद्धतासहित अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताए । पेशाले जापानका एक सफल नेपाली व्यवसायी पौडेल एनआरएनए जापानको २०१७-१९ को कार्यसमितिको उपाध्यक्षमा राम्रै मत ल्याई प्रत्यक्ष निर्वाचित भएको थियो । व्यवसायका साथसाथै आफुले कमाएको केहि रकम सामाजिक कार्यमा खर्च गर्ने मनसायले पनि पौडेल गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानमा प्रवेश गरेको बताउछन । एनआरएनए जापानको सल्लाहकार हुदै उपाध्यक्ष सम्म भैसकेका पौडेल सामाजिक र ब्यग्तिगत रुपमा पनि सबैलाई सहयोग गरि सबैको प्यारो बनेको पौडेल पोखरा समाज जापानका निबर्तमान अध्यक्ष समेत हुन ,उनकै कार्यकालमा नेपालको कास्की स्थित पामेमा रहेको विद्यालयमा छात्रवृति समेत प्रदान गरेको थियो । पढाईमा अब्बल पौडेल नेपालमा रहदा विद्यालयमा शिक्षकको रुपमा काम गर्नु हुन्थ्यो । त्यसैले पौडेललिई आगामी निर्बाचनको बौदिक रुपमा बलियो दाबेदारको रुपमा मानिन्छन् ।

संस्थाको नेतृत्वका लागि आफ्नो उम्मेद्वारी अपरिहार्यता र महत्वाकांक्षी रहेको बताउँछन् दिनेश गुरुङ । आइसीसीसिमा रहेर काम गरेर सफलता हासिल गरिसकेका दिनेश गुरुङ जापानका एक सफल नेपाली व्यवसायी पनि हुन् । एनआरएन जापानलाई सबैको साझा संस्थाको रुपमा विकास गर्ने लक्ष्यसाथ नेतृत्वमा पुग्न आफ्नो उम्मद्वारी रहेको बताउँछन् दिनेश गुरुङ । गुरुङले जापानमा रहेका सबै नेपालीहरुलांई लक्षितगरी नेपाल हाउस निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुलीई जापान बसाईमा एनआरएन जापानले सहयोगिको भुमिका खेल्ने वातावरणको पूर्वधार निर्माण गर्ने बताए । नेपाल हाउस भित्र नेपालमा लगानि तथा भ्रमणको लागि जाने जापानिजहरुलांई नेपाल सरकारको सहयोगि बनि नेपाल भ्रमण जाने जापानिजलाई नेपालको बारेमा जापानिज भाषामा नै जानकारी दिनेको पनि ब्यबस्था गर्ने बताए ।
आफु अध्यक्ष पदमा निर्वाचित भएमा सबै क्षेत्रीय समितिहरुमा समय समयमा अन्तरक्रिया कार्यक्रम राख्ने र जापानमा रहेका प्रवासी नेपालीहरुको समस्याहरुलाई पहिचान गरी तत्काल निराकरण गर्नका लागि काम गर्ने दिनेश गुरुङ बताउँछन् । जापानमा भएका आदिबासी जनजाति संघ सस्थाहरुमा आफ्नो राम्रै सम्बन्ध रहेकोले पक्कै पनि अबको निर्बाचनमा साथ दिए आफ्नो जित पक्का हुने बताउछन गुरुङ । तमु धी जापानको अध्यक्ष समेत भईसकेका गुरुङ स्याङजा समाज अन्तराष्ट्रीय समन्वय परिंषदका वर्तमान सरंक्षकको भुमिकामा पनि काम गरिरह्का छन । राष्ट्रिय समन्वय परिषदले २०१९ । २१ को लागि निर्वाचन समिति गठन गरेको छ ,जसमा ओम गुरुङ प्रमुख निर्बाचन आयुक्त रहने गरि सदस्यमा शरद गौचन र शालिकराम भण्डारीलाई चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार