जापानको चिकुसीई क्षेत्रका प्रहरीले ४१ वर्षीय व्यक्तिलाई एक १० वर्षीय वालकलाई जबर्जस्ति किस गरेको आरोपमा पक्राउ गरेका छन् ।घटना गत अप्रिलमा भएको थियो । प्रहरीका अनुसार घटना अप्रिल ६ गते बेलुकी समयमा एक अपार्टमेन्टको कोरिडरमा घटेको थियो ।कम्पनिमा कामगर्दै आएका आरोपी ओगावाले आरोप स्वीकार गरेका छन् ।ओगावामाथि वालकलाई जबर्जस्ति पछाडीबाट अंकमाल गरेको र पछि धकलेर किस गरेको आरोप लागेको छ ।वालक र ओगावा दुवै अपरचित थिए र घटनामा वालकलाई कुनै प्रकारको चोट नलागेको जानकारी छ ।बिल्डिंगमा जडान क्यामेराको सहयोगले ओगावाको पहिचान भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार