असार १६, जापान । जापानी मौसम विभागले आउदो दिनहरुमा जापानका खुला क्षेत्रमा भारि वर्षा हुनसक्ने अनुमान गरेका छन् । विज्ञ अनुसार उत्तरी क्युसु क्षेत्रमा ३०० मिलिमिटरसम्मको पानी पर्ने अनुमान गरिएको छ , यसैगरी पश्चिमी जापानी क्षेत्रमा १८० मिलिमिटरको वर्षा र मध्य टोक्योमा १०० मिलिमिटरसम्मको पानी २४ घण्टा भित्रमा पर्ने बताएका छन् । केहि पूर्वी र पश्चिमी क्षेत्रमा भने बिजुलीको साथै चट्यांक पनि लग्न सक्ने हुनेछ । वर्षाको कारण बाढी र पहिरोको पनि जोखिम हुनसक्ने हुदा सबैलाई सचेत रहन बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार