असार १२,जापान। प्रहरीले बुधबार एक व्यक्तिलाई युवतीको अपहरण गरेर २० मिलियन येन फिरौती माग्न खोजेको अभियोगमा पक्राउ गरेका छन् । आरोपी ईसाओ किमुराले प्रहरीसंग वार्तामा आफु माथि लागेको आरोप स्वीकार गर्दै आफुले १६ वर्षीय युवतीलाई बलपूर्वक गाडीमा गत सोमबार हालेर त्यसपछि युवतीको घरमा कल गरेर फिरौती रकम मागेको बताएका छन्।युवतीको आमाले धम्कि कल आएपछि नै प्रहरीलाई कल गरेर सबै घटना बारे खबर गरेकी थिईन् ।खबर अनुसार किमुरा र सो युवती दुवै अत्सुगी शहर नजिकै थिए जहाँ प्रहरीले उनीहरुलाई भेटाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार