असार १०, टोक्यो । सोमबार बिहान पूर्वी जापानमा ५.५ रेक्टरको भुकम्प आएको जापानी विज्ञले बताएका छन् ।खबर अनुसार भुकम्पको केन्द्र भने टोक्यो नजिक रहेको चिबा प्रान्तको कोस्ट रहेको थियो ।सुनामीको खतरा भने रहेको छैन। भुकम्प बिहान ९:१६ बजेतिर आएको थियो। भुकम्पको कारण भने कुनै क्षति भएको विवरण भने आएको छैन ।जापान विश्वमै धेरै भूकम्प आउने देशको लिस्टमा पर्ने देश हो ।ईतिहासमा पनि ६ रेक्टर अथवा सो भन्दा बढी आउने भुकम्प मापन गरिएको घटनामा सबैभन्दा लगभग २० प्रतिशत जापान कै क्षेत्र पर्ने गर्दछ ।

यो पनि पढ्नुहोस.. जापानको सहयोगमा मेलमिलाप कक्षको स्थापना- जापान सरकारको सहयोगमा भक्तपुर जिल्ला अदालत परिसरमा मेलमिलाप कक्षको स्थापना गरिएको छ । शुक्रबार उक्त केन्द्रको नेपालका लागि जापानका राजदूत मासामिची सँगोले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै राजदूत सँगोेले नेपालका सबै समुदायमा न्यायको पहुँच पु¥याउन जापान सरकारले यस्तो सहयोग जारी राख्ने बताए । शहरी जनसंख्या बृद्धि हुँदै गईरहेको वर्तमान समयमा नेपालको संविधान अनुसारको न्याय सबै जनताले प्राप्त सकुन भन्ने धारण राखेका छन् ।

कार्यक्रममा सर्वोच्च अदालत न्यायधिस ईश्वरप्रसाद खतिवडाले समाजमा अपराधका बढ्दै गएकाले मेलमिलाप केन्द्रको आवश्यक रहेको बताए । उनले भौतिक पूर्वाधारको कारणले मेलमिलाप गराउन समस्याले हुने गरेकोमा यस्ता पूर्वाधारले सहज हुने विश्वास व्यक्त गरे । जापान सरकारको सहयोगमा काठमाडौं, भक्तपुर र ललितपुरमा मेलमिलाप केन्द्र निर्माण भएको छ । भक्तपुरमा जापान सरकारको सहयोगमा २६ लाख रुपैयाँको लागतमा भवन र आवश्यक सहितको मेलमिलाप कक्ष स्थापना भएको भक्तपुर बार एसोशियसनका सचिव किरण न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार