असार ०८, जापान । मौसम विभागले गत मंगलबार आएको भुकम्प पश्चात पनि जापानका दुई प्रान्त क्षेत्रलाई पहिरो देखि सतर्क हुन आग्रह गरेका छन् ।विज्ञका अनुसार निगाता र यामगाता प्रान्त क्षेत्रको जमिन अझै पनि कम्जोर रहेको र त्यहाँ पहिरोको जोखिम रहेको बताएका छन् । गत मंगलबार ६.७ रेक्टरको भुकम्प आएको थियो ।जापानी भुवर्ग विज्ञका अनुसार आगामी हप्ता पनि उत्तिकै शक्तिशाली भुकम्प आउने सम्भावना रहेको छ ।सो समयमा सुरुमा सुनामिको खतरा बताएपनि पछि अवस्था सम्लिएको थियो ।निगाता पोर्टमा त्यो बेला १० सेन्टिमिटरसम्मको छाल मापन गरिएको थियो । –   newsonjapan.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार