जेठ ३०, अष्ट्रेलिया । अष्ट्रेलियन भिसाको पोइन्ट सिस्टममा परिवर्तन हुने भएको छ । आगामी नोभेम्बर महिना देखि पोइन्ट सिस्टममा परिवर्तन हुने भएको हो । नयाँ रिजनल भिसा संगै स्टेट या टेरीटरी सरकारले नोमिनेट गरेकाहरूका लागी अहिले नयाँ भिसा पोइन्ट सिस्टम सार्वजनिक गरेको हो । जनरल स्किल्ड माइग्रेसन भिसा, सबक्लास ४९१, जसले अष्ट्रेलियाको अर्थतन्त्रमा सहयोग पुर्याएका छन्, उनीहरुका लागि नयाँ पोइन्ट सिस्टम लागु गरिएको उल्लेख गरिएको छ ।

यस्ता छन् पोइन्ट सिस्टमका परिवर्तन : स्किल्ड पार्टनर हुनेहरुका लागि १० पोइन्ट, राज्य सरकारले नोमिनेट गरेको तथा परिवारको सदस्यले स्पोन्सर गरेकाहरुका लागि १५ पोइन्ट, STEM क्वालिफिकेसनका लागि १० पोइन्ट, पार्टनर नहुनेहरुका लागि १० पोइन्ट, अंग्रेजी भाषामा दक्ष पार्टनर हुनेहरुका लागि ५ पोइन्ट । पार्टनर भिसामा आउनेहरु अधिकांश कम दक्ष रहने हुनाले सिंगल आउनेहरुलाई प्रोत्साहन गर्नको लागि यो सिस्टम ल्याउन लागिएको बताइएको छ । अधिकारिहरुका अनुसार, सिंगल आउनेहरुले पार्टनर भिसामा आउनेहरुको तुलनामा अष्ट्रेलियाको अर्थतन्त्रमा बढी योगदान गरेको पाइएकोले यो सिस्टम ल्याउन लागिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार