एजेन्सी । मेक्सिको को राजधानी मेक्सिको सिटीमा मंगलबार गएको ७.१ रेक्टरको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या १४९ पुगेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

राजधानीको दक्षिणतिर स्थित मोरेलोस राज्यमा कम्तीमा ५५ जना मारिएका र पोएब्ला राज्यमा ३२ जना मारिएका बताइएको छ।राजधानीका बीस लाख जति मानिसहरुकहाँ बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ।

 

भूकम्पमा परी कम्तीमा एउटा विद्यालय पनि भत्केको र त्यसमा बालबालिका फसेको खबर छ।मोरेलोस र पोएब्ला राज्यमा पनि ठूलो क्षति भएको बताइएको छ।अधिकारीहरुले ग्यासलाइनहरु फुटेको हुनसक्ने भन्दै सडकमा चुरोट नखान सचेत गराएका छन्।

 

भूकम्पले राजधानीका भवनहरु क्षतिग्रस्त भएका छन् भने मानिसहरु भवन भत्कने डरले सडकमा निस्किएका छन् । भवनमा फसेका मानिसहरुको उद्धार कार्य भइरहेको छ । भूकम्पका कारण अस्पतालका बिरामीहरुको सडकमा उपचार भइरहेको छ । अधिकारीहरुले मानिसहरुलाई शान्ति र धैर्यता कायम गर्न आग्रह गरेका छन्। त्यस्तै मानिसहरुलाई जाँचपछि मात्र भवनभित्र प्रवेश गर्न भनिएको छ ।

 

भूकम्प ३२ वर्ष अगाडि विनाशकारी भूकम्प आएकै दिन अर्थात सेप्टेम्बर १९ का दिन आएको छ।३२ वर्ष अघि आएको भूकम्पमा दश हजार जति मानिस मारिएका थिए।मेक्सिको सिटी संसारमै सबभन्दा संघन जनसंख्या भएको शहर हो जहाँ दुई करोड मानिस बसोबास गर्छन्।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार