आज वि.सं. २०७६ साल भदौ १९ गते बिहीबार, तदनुसार ई.सं. २०१९ सेप्टेम्बर ०५ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज हातहतियार र मिलमेसिनरीको प्रयोग गर्दा सावधानी अपनाउनु होला । सामान्यतया आजको दिन खासै खराब देखिंदैन, विदेशबाट राम्रा र प्रसन्नताका समाचार प्राप्त हुनेछन् । सानातिना घरायसी समस्याहरू र पुराना कुराले मन बिथोलिन सक्छ । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुँदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि आज गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कानून, प्रशासन र न्यायिक क्षेत्रमा कार्यरत व्यक्तिका लागि फाइदा हुने समय छ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । खर्चको मात्रा बढ्न सक्छ । व्यापारमा ठिकै छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो र अन्य सबैले पनि ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । मनमिल्ने दौंतरीसँग उठबस हुने दिन हो, प्रेमिल भावना उदय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । गरेका हरेक काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नु पर्नेछ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । व्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । उपहार पुरस्कार आदि मिल्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । कुनै सरकारी वा सामाजिक काम सम्पन्न गर्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ ।पारिवारिक खुसी मिल्नेछ । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारको सम्मान हुनेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्यबल बढ्ने समय छ । पारिवारिक उत्थानका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनमा उत्साह र उमङ्ग देखिए पनि आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्यमा मन आकर्षित हुनेछ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । सार्थक यात्राको योग छ । वैदेशिक प्रयोजनका कामबाट फाइदा बटुल्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण पनि खुसीको वातावरण बन्नसक्छ । तपाईंका कामधन्धामा सहयोगीको साथ पाइने छ । सामाजिक र परोपकारी काममा सहभागी बन्नु पर्नेछ । विशिष्ट व्यक्ति वा अभिभावकको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । छात्रछात्राका लागि ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज आत्मविश्वासमा बृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिने छ्रैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मानसम्मान र प्रशंसा प्राप्त हुनेछ । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पुराना समस्याहरू हल हुनेछन्, पहिले गरेका शुभकर्मको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो प्रयोजनको धन लगानी गर्न वा कुनै दीर्घ प्रयोजनको भौतिक सामाग्री खरिद गर्न आजको दिन अनुकूल छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार