आज वि.सं. २०७६ साल श्रावण १८ गते शनिबार, तदनुसार ई.सं. २०१९ अगस्ट ०३ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । अध्ययनमा प्रगति हुनेछ । अन्य सबैले समेत आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । चिताएको काम सजिलै सम्पादन हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । छात्रछात्राको पढाइलेखाइमा प्रगति हुने समय छ, तर शीघ्रता गरेमा काम दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । कडा मिहिनेत र प्रयत्न गर्दा जुनसुकै काम फत्ते गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कामको प्रस्ताव आउनेछ । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आज व्यवसायीका लागि लेनदेनको कारोबार लाभकारी रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । छात्रछात्राहरूको पठनपाठनमा प्रगति हुनेछ र गृहिणीहरूले परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सक्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज विभिन्न सहयोग र उपहार पाइने समय छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । रोकिएका काम सम्पादन हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तपाई कम बोलेको राम्रो हुनेछ । आज मिहिनेत गर्दा पनि काम बन्न नसक्दा दिक्क लाग्न सक्छ । आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज असफल नै भने भइँदैन । नयाँ कामको प्रस्ताव आउन सक्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, काममा गोपनीयता कायम राख्नुपर्छ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । कुनै सरकारी वा राज्यपक्षसम्बद्ध काममा सफलता मिल्ने समय आएको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आम्दानी बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । नवीन रोजगारी वा व्यवसायको प्रयासमा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज भाग्योन्नति हुने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । व्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ । मातापितासँगको सम्बन्धमा सुमुधुरता छाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । यात्राको योग रहेपनि, सचेत हुनुहोला । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । विश्वास गरेको व्यक्तिले घात गर्नसक्छ, , होस गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज प्रेम वा मित्रताको बन्धन कसिनेछ ।दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यवसायमा लाभ लिन सकिनेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउन सकिनेछ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ । विद्यार्थीहरुले भने अल्छीपना त्यागेर पढाइमा मन लगाउनुपर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ, भने विभिन्न उपहार समेत प्राप्त हुनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्य प्राप्त होला । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाउलान्। मनमा डरचिन्ताले बास गर्ला । हरेक क्रियाकलापमा गोपनीयता अपनाउनु जाति हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार