आज वि.सं. २०७६ साल असार २९ गते आइतबार, तदनुसार ई. सं. २०१९ जुलाई १४ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ दिनेछ । व्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज स्वास्थ्य सबल बन्नेछ । काम गर्न जाँगर चल्नेछ, आम्दानी बढ्न सक्छ । व्यवसायी र कर्मचारीका लागि आज कार्यक्षेत्रमा सफलता मिल्नेछ । सबैका लागि आम्दानीका दृष्टिले गज्जबको समय छ, धनसञ्चित हुनसक्दैन, भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च बढ्न सक्छ । प्रेमको बन्धनमा बाँधिने बेला छ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आजको लामो समयदेखि रोकिएका कामहरू बन्ने छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर स्वास्थ्यमा सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज व्यापारबाट लाभ मिल्नेछ भने आत्मबल बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् । गृहस्थीहरूले छोराछोरीका माध्यमबाट सन्तोष प्राप्त गर्नेछन् । परीक्षा, प्रतिस्पर्द्धा र प्रतियोगितामा सफल हुने दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दिनभरि विविध समस्यामा रुमल्लिनु पर्ने छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिएला । आज प्रतिस्पर्धा र प्रतियोगिता भिड्नेले अलि मिहिनेत गर्नुपर्ने समय छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । तर आज बेलुकादेखि दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज दिनभर सक्रिय रहनुहोला । व्यापारमा सोचेको फाइदा हुने दिन छ । आम्दानीमा बढोत्तरी हुनेछ । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । छात्रछात्राले प्रतियोगिता र प्रतिस्पर्द्धाका माध्यमबाट प्रतिष्ठा बढाउने समय हो । सबैको पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बोलीको प्रभाव बढ्नेछ भने आफन्तले प्रशंसा गर्नेछन् । व्यापारमा राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विद्यार्थीहरूका लागि पठन–पाठनमा प्रगति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । छात्रछात्रा, परीक्षार्थी र प्रतियोगीले नयाँ ज्ञान पाउने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज हरेक काममा अवरोध आउने समय हो, बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ तर अत्तालिइ हाल्नु पर्दैन । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । नयाँ कामको वातावरण तयार हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ, घरखर्चमा बृद्धि हुनेछ । यात्राको योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । रमाइलो पारिवारिक जमघट हुनसक्छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । स्वास्थ्यस्थिति राम्रो रहनेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । व्यापार तथा व्यवसायमा सोचेजति लाभ पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यापार फस्टाउने छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । प्रेम र प्रणयप्रसङ्गका लागि पनि समय अनुकूल छ । सानो प्रयासले भाग्यबल बृद्धि गर्न सकिने दिन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार