आज वि.सं. २०७६ साल असार २७ गते शुक्रबार, ईश्वी सन् २०१९ जुलाई १२ तारिख ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला । पानिसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । पर्यटन तथा साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययनमा सफलता मिल्नेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आज स्वास्थ सबल बन्नेछ । व्यापारबाट लाभ मिल्नेछ । नयाँ ठाउको भ्रमण होला । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आज शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब हुनसक्छ, सचेत रहनुहोला । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । मायाप्रेमको नयाँ प्रस्ताव आउनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आज पराक्रम बढेर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हपछिको समय मध्ययम रहेकोले सचेत रहनुहोला, स्वास्थ्य सम्बन्धि समस्याले सताउला । अरुकै लहैलहैमा लागेर कुनै पनि काम नगर्नुहोला, पछुतो हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानीगर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जानाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पतिपत्निबित बिश्वासको बाताबरण बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आज मानसम्मानमा बृद्धि हुनेछ । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुनेछ । समाजमा परिणाम मुखि काम गरि नाम कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।सवारि साधन प्राप्त हुने योग रहेको छ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आज व्यापार व्यावसाय फस्टाएर जानेछ भने नया व्यावसायमा लगानी गरि आर्थिक रुपमा सुदृड हुन सकिनेछ । नया काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो लगानी गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको गाँठो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार